४ जना दृष्ट्रिबिहिन संगै पाल्पामा ६ हजार ४ सय ५३ बिधार्थी एस,एल,सि मा सहभागी

Read Time:3 Minute, 4 Second

देब पचभैया,पाल्पा चैत्र १

आज बाट सुरु एसएलसी परिक्षामा पाल्पाबाट ४ जना दृष्टी विहीन संगै ६ हजार ४ सय ५३ जना परिक्षार्थीहरु सहभागि भएका छन् । नियमित तर्फ ४ हजार ५ सय ९८ जना र एक्जाम्टेड तर्फ १ हजार ८ सय ५५ जना विद्यार्थीले एसएलसी दिदै छन् । यो वर्ष दमकडा उच्च माविका ४ जना दृष्टी विहीन, गंगा उच्च माविका एक जना सुस्तमनस्थिती र न्युहोराइजन उच्च माविका एक जना हात भाचिएका विद्यार्थीगरि ६ जना विद्यार्थीहरुले परिक्षामा सहयोगि राखेका छन् । उनीहरुले आठ कक्षा पढ्दै गरेका सहयोगी राखेका हुन् । गतवर्ष २३ वटा परिक्षा केन्द्र रहेको पाल्पामा यो वर्ष एउटा घटाएर २२ वटा परिक्षा केन्द्र तोकिएको छ भने त्यतीनै संख्यामा केन्द्राध्यक्ष तोकिएको जिल्ला शिक्षा कार्यालयका उपसचिव एवं एसएलसीका प्रवक्ता टिकाराम शर्माले जानकारी दिनु भयो ।

यसवर्षको एसएलसी परिक्षामा पाल्पामा सवै भन्दा बढी विद्यार्थी सहभागी गराउने सामुदायिक तर्फ जनता उच्च मावि रहेको छ । जनताबाट २ सय १४ जना सहभागी  छन् । संस्था गत तर्फ  न्युहोराइजन उच्च माविबाट १ सय ३८ जना विद्यार्थीहरु सहभागि छन् । दमकडा उच्च मावि मदनपोखरा परिक्षा केन्द्रबाट सवै भन्दा बढी ३ सय ८६ जना परिक्षार्थीहरु परिक्षामा सहभागी  छन् । जिल्ला शिक्षा कार्यालय पाल्पाले दिएको जानकारी अनुसार संस्थागत विद्यालयमा सवै भन्दा कम सनराइज बोर्डिङ स्कुल डुम्रे बाट ६ जना र सामुदायीक तर्फ लक्ष्मी मा वि खस्यौलीबाट १२ जना विद्यार्थी सहभागी छन् । परिक्षा शान्त पुर्ण रुपमा सम्पन्न गर्नका लागि २ सय २० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी नायव निरिक्षक स्थानेश्वर रेग्मीका अनुसार ३ वटा परिक्षा केन्द्रमा ७ जनाका दरले र अन्य केन्द्रमा ५ जनाका दरले सुरक्षाकर्मी खटीएका छन् । यसैगरि रामपुर क्षेत्रमा एक र अन्य क्षेत्रका लागि २ वटा मोवाइल टोलि अनुगमनका लागि खटीएको छ । परिक्षालाई मर्यादित र व्यवस्थीत बनाउन  शिक्षा कार्यालयले ३० वुदे निर्देशन समेत जारी गरेको छ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %