नारी प्रतिको मेरो नजर

Read Time:8 Minute, 47 Second

बिजय हितान 

    गत शनिबार दिउँसभरी १०३औँ विश्व नारी दिवस मनाएर लन्डनबाट राती घर फर्कें । आफैले हाँकेको कारमा ८० माइल प्रतिघन्टाको बेगले हाइवेलाई  छिचोल्दैजाँदा नारी जिवन सम्बन्धी बीचारहरू मेरो मानसपटमा छचल्किए ।  परिवार, सामाज, रास्ट्र र सम्पुर्ण मानव सभ्यताको बिकासमा नारीको भूमिका र नारी स्वातन्त्रताको आन्दोलन बिषयमा धेरै भावनाहरू हाइवेको बिपरित दिसाबाटा मेरो आंखामा परिरहेको बत्ति जस्तै झझल्किरहे । धन्दै २५ प्रतिसत मात्रै महिला सहभागिता रहेको उक्त दिवसमा बाँकी ७५ प्रतिसत पुरुषको उपस्थिती देख्दा, खै त आफ्नो स्वातन्त्रता खोज्ने अरु महिला ? भन्ने प्रश्न उब्जेको थियो । की त ती घरमा बस्ने महिलाले पुरुषले जस्तै समान हक र अधिकार पाएका हुनुपर्छ, की त नारी दिवसको बारेमा जानकारिनै न भएर उक्त भेलामा नआएको हुनसक्छ भनेर आफ्नै प्रश्नको उत्तर आफैले दिएर चित्त बुझाएको थिएँ । तर हर्शको कुरा के थियो भने त्यसदिन मन्तब्य दिनेहरुमध्ये धन्दै ७५ प्रतिसत महिलाहरू नै  थिए ।

लगातार लामो समयसम्म ड्राइभिङ गर्न हुन्न भन्ने मान्यतालाई पालना गर्दै सर्भिस स्टेसनमा एकैछिन छिरें । यात्रामा जहिले  म सर्भिस स्टेसन पस्छु मलाइ मुग्लिङ को याद आइहाल्छ । किनकी काठमान्डौबाट बुटवल जान चढेको बस एकैचोटी मुग्लिङमा रोकिन्थ्यो । पिसाब फेरेर एक कप कफी पिएपछी यात्रा फेरि सुरु गरेँ । कफीको मातले दिउँसभरीको आलस्यलाई हटायो र दिमागलाई अझै चनाखो बनायो । नारी दिवस सम्बन्धी अझै बढी सोंचहरू आए । २०३८ सालतिर हुनपर्छ, म किसोराअस्थामा हुँदा, बुटवलमा गत सनिबारको जस्तै एक महिला दिवसमा स्रोताको रुपमा उपस्थित भएको थिएँ । त्यतिबेला पनि महिलाको उपस्थिती न्युन मात्रै थिएन की बक्ताहरू पनि प्रायजसो पुरुष नै थिए । मेरो आफ्नै समाजेवी अनी राजनैतिक नेता बुवा पनि आयोजकको निम्ता पाएर उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम नसकिदैं घर फर्किएको थिएँ । आमाले ‘कहाँ गैतिस ?’ भनेर सोध्नु भयो । मैले ‘नारी दिवसमा गएर आएको, हजुरलाई थाहा थिएन आजको नारी दिवस ?’ भनि सोधेको थिएँ ।  आमाले ‘ए हो ?’ भनेर नारी दिवस किन र कैले मनाइन्छ थाहा न भएको साङ्केतिक जवाफ दिनुभएको थियो । मेरा पुरुष बा लाई नारी दिवस के हो भनेर थाहा हुने तर मेरि स्वयंम नारी आमालाई नारी दिवस के हो थाहा नहुने ! मलाइ अचम्म लागेको थियो । त्यती अनभिग्य थिए नारीहरू त्यतिबेला ।

तर यसपालीको नारी दिवसमा जानुभन्दा अगाडी मलाइ लागेको थियो नेपालि नारीहरू धेरै बिकसित भएका छन् र आफ्नो अधिकार प्रति सचेत छन् । तर त्याँहा महिलाहरूको  कम्ती उपस्थितीले मलाइ उनिहरुप्रती सहानुभुति जागाइदियो । नारी स्वातन्त्रता सम्बन्धी जागरुकता कत्तिको रहेछ् भनि मेरै श्रीमतीलाई परिक्षण गर्ने बीचारले, प्रस्थान गर्नु अगाडी सोधेको थिए- ‘था छ आज विश्व नारी दिवस हो । जान्छेउ तिमिपनी मसँग ?’ यसको बारेमा केही जानकारि नभएको सँकेतमा मन्टो हल्लाउँदै ‘जानोस एक्लै, म त काममा जानुपर्छ आज’ भनेकी थीइन । मेरा दस घर आफन्तहरू छ्न बेलायतमा । मलाइ सङ्खै छ ती दस घरका महिलाहरूलाई नारिदिवसको बारेमा जानकारि छ भनेर ।

घर आइपुग्न लागेको थियो । आज नारी दिवस हो केही अङ्रेजी समाचार सुन्न पाइन्छ की भनेर कारको रेडियोमा बी बी सी खोलें । नारी दिवसको बारेमा केही सुन्नमा आएन । लाग्यो बेलायतका नारीहरू पुरुषजस्तै समान अवसर पाएरहोला कुनै दिवस न मनाइएको याँहा ।

अर्को दिन आइतबार खबरकागजमा नारी दिवस सम्बन्धी केही पढन पाईन्छ की भनेर ‘सन्डे मेल’ किने । त्यसमा तेस्रो लैङिक भेदभाव सम्बन्धीको बिधेयकलाई महारानीले स्विकार्ने र आमा दिवस (मदर्स डे)को बारेमा बाहेक नारी दिवसको कुनै चर्चा थिएन । आमा दिवसलाई कतै नारी दिवस त भनिएको हैन भनि सङ्का उब्ज्यो।  त्यसपछि नेपालि खबरकागज ‘नेपाली पत्र’ पल्टाएँ । दुई नारीहरूले लेखेको नारिसम्बन्धी लेख पढन पाएँ । अनी त लाग्यो नेपालि नारीलाई मात्रै नारी दिवसको चासो रहेछ्, बेलायती नारीलाई रहेनछ ।

दिदि बहिनी नभएकाले तिहारमा मेरो निधार सधैं खाली हून्थ्यो । स्यानो छँदा आमालाई एक बैनी जन्माइदिन मैले आग्रह गर्थें रे । घरमा सधैं आमाले खाना पकाउनु हून्थ्यो र घर भित्र बाइर सबै उँहाले गर्नुहुन्थ्यो । बुवा सधैं समाज र राजनीतिको कामले बाहिरको बाहिर। मेरो बालक मस्तिस्कमा आईमाई मान्छेको महत्व तिहारमा टीका लगाइदिने, भान्सा तयार गर्ने र घरको कुचो-पोतो गर्ने हो भन्ने लाग्थ्यो ।  किशोर अवस्थामा आएर बैंस पलाएपछी नारी भनेको मायाप्रिती लगाउने, बनपात जाँदा झाम्रे गिदाउने र रोदिघरमा नाँच्ने जोडी हुन जस्तो लाग्थ्यो । अनी बिबाह गरेपछी सुरुमा लागेको थियो नारीको दायित्व घरमा बस्ने, खाना पकाउने, छोरा छोरि पाउने र हुर्काउने । तर पछि संगै बिदेस लागियो । दुबैले काम गर्न सुरु गरियो । छोरा छोरि जन्माइयो । संगै हुर्काइयो । संगै घरजम गरियो र सम्पत्ति कमाइयो । अनी बिस्तारै महसुस हुन थाल्यो परिवारमा महिलाको दायित्व पुरुषको भन्दा बढी रहेछ् तर समाज र राज्यले दिने हक र अधिकारमा असमानता ।

जे होस महिलाको थोरै उपस्थितीले मलाइ चित्त दुखाएपनी उक्त दिनको कार्यक्रम निपुर्णताकासाथ सन्चालन गरिएको थियो । थोरै भए नी सचेत र सिछित महिलाहरूको उपस्थितीले समान हक, अधिकार र स्वातन्त्रता प्राप्तीको आन्दोलन ससक्त रुपमा अगाडी बढीरहेको जस्तो मलाइ लागेको छ । अनी के पनि लागिरहेछ भने यदि समान हक र अधिकार पाउन चाहने हो भने सर्बप्रथम नेपालि महिलाले सारी चोलो छोडेर पुरुषले जस्तै प्यान्ट कमिज पहिरन सुरु गर्नु पर्छ । मेरो यस भनाइको तात्पर्य के भने बेलायतमा भनौं या पुर्बिय देश कोरिया र जपानमा नारीहरूले लगाउने कमिज र प्यान्ट कतै बिकसित महिला समाजको एक प्रतिबिम्ब त होइन ? अन्त्यमा नेपाल् अनी बिश्वभरी पिल्सिएर बस्नुपरेका सम्पुर्ण नारिहरुप्रती नारी मुक्ति आन्दोलनको यस दिनमा मेरो हार्दिक सुभकामना !                                                   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %