न्यायको लौरो टेकेर फासीबाद आउने खतरा छ : माओबादी सचिब बिप्लब

Read Time:3 Minute, 26 Second

देब पचभैया पाल्पा,फागुन २४ 

नेकपा माओबादीका सचिब नेत्र बिक्रम चन्द (बिप्लब) ले न्यायको लौरी टेकेर नेपालमा फासीबाद आउने खतरा भएको बताउनुभएको छ । क्रान्तीकारी पत्रकार महासंघ पाल्पाले तानसेनमा आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिब बिप्लबले प्रधानन्यायाधिसको नेतृत्वमा सरकार बने जनबाद द्धारा प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

संबिधानले समेत कुनै कल्पनै नगरेको कुरा प्रधान न्यायाधिसको अगुवाईमा सरकार बने स्वय प्रधानन्यायाधिस लाई नराम्रो हुने र नेपाली जनताको राजनितिक अधिकार छिनिएर जाने बिप्लबको तर्क छ ।

प्रधानन्यायाधिसले सरकारको अगुवाई गरे उनी आफैको लागी निर्णण गर्न असक्षम देखिने उहाले बताउनुभयो ।

प्रधानन्यायाधिस बनेर अरुको फैसला गर्ने,  बिप्लबले भन्नु “सरकार तिर मुख ताके आफ्नै फैसला गर्न नसक्ने असक्षम ठहरिनेछ । ”

प्रधान न्यायाधिसलाई लोभ नगर्न आग्रह गर्दे माओबादी सचिब बिप्लबले ज्ञान नभएको ब्यतिmको थाप्लोमा देश जिम्मा लगाउन नसकिने बताउनुभयो ।

नेपालमा राजनितिक असफलता नेपाली राजजितिक दलका नेता र बिदेशी हस्तक्षेपले काम गरेको उहाको भनाई छ ।

पदलोलुपता, ब्यतिmबादी र आत्मसर्मपण बादी चरित्र भएका नेताहरु र अन्र्तराष्ट्रिय असिमित हस्तक्षेपले देश अधोगतितिर लक्किएको नेता बिप्लबले आरोप लगाउनुभयो ।

दुई,तिन दलका नेताहरुले गरेको सहमतिलाई राष्ट्रिय सहमितको जामा भिराउने परिपाटी चलेकाले आफुहरुले आन्दोलन गर्दे आएको बताउदै उहाले सर्बपक्षिय राष्ट्रिय सहमति बाट निकास निकाल्नु पर्नेमा जोड दिनुभएको छ । जनताको अधिकार सुनिश्चित नभए आफुहरु बिष्फोटको आन्दोलन गर्ने उहाको चेतावनी छ । सुरुमा प्रतिरोधको आन्दोलन हुने र सुनुवाई नभए बिस्फोटको आन्दोलन हुने उहाले जानकारी दिनुभयो ।

यो राज्यले जनताको अधिकार प्रति वेवास्ता गर्दे गए छुट्टै सत्ता बनाएर अघि बढ्ने उहाको भनाई छ ।

एनेकपा माओबादीले प्रधानन्यायाधिसलाई अगाडि सारेर सत्ता कब्जा गर्ने भन्ने कुुरा निराधार रहेको उहाको भनाई छ । केही दिन अधि पोखरामा प्रचण्डले यो बाबुराम जि को योजना हो भन्नु भो रे, अब केही दिनमा बाबुरामले पनि मेरो योजना हैन भन्दैछन्, नेता बिप्लबले भन्नुभयो ‘प्रस्ताबकलाई नै थाहा नभएको कुराले सफतला दिन सक्दैन ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %