खडक आले मगर
तनहुं “रिक्मा पोस्टक लाम, नाक्कुङ ईतिहास पाम, पोस्टाक पिङठार रिक्म डानि लेचभर काम ” भन्ने मुल नाराका साथ मातृभाषा दिवसको अवसर पारेर नेपाल मगर लेखक सघं अञ्चल समिती लुम्बिनीद्घारा आयोजना गरिएको मगर भाषामा खुल्ला कविता प्रतियोगिता (रि ल्हिङ बाजी) कावासोती खानेपानीहल, नवलपरासीमा शुक्रबार सम्पन्न भयो । कार्यक्रम संयोजक दिया आले मगरको अध्यक्षता तथा नेपाल मगर संघ, केन्द्रिय अठार मगर भाषिक उपाध्यक्ष कर्ण ब. बुढा मगरको प्रमुख आथित्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
पाल्पा, रुपन्देही, नवलपरासी, कास्कि, तनहुँ, काठमाण्डौं जिल्ला लगायतका मगर कवि कवियात्रीहरुको उत्साह जनक सहभागिता रहेको उक्त कार्यक्रमको बिच बिचमा मगर संस्कृतीमा आधारित मौलिक गित, संगित र नृत्यहरुले दर्शक र स्रोताहरुलाई भरपुर मनोरञ्जनका साथै रौनकता पस्केको थियो । विविध विषय र रसमा प्रस्तुत गरिएका कविताहरु मध्ये रुपन्देहीका गोपाल थापा मगर प्रथम, कास्किका कृष्ण मिगिन मगर द्घितिय, रुपन्देहीकी मुना थापा मगर तृतिय र पाल्पाका टेक ब. सारु मगरले सान्त्वना स्थान हासिल गरेका छन् ।
उत्कृष्ट कविताहरुलाई क्रमशः रु ३,०००/, रु २,०००/, रु १,०००/ र रु ५००/ नगद सहित मगर भाषाका पुस्तकहरु साथमा प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिएको थियो । सो मगर भाषामा खुल्ला कविता प्रतियोगिताको निर्णायक मण्डलको संयोजक मगर भाषाकि कथाकार फुल कुमारी थापा मगर र , सदस्यहरुमा, मगर गजलकार हेमा आले “बोगी”, मगर जा ग्रुप नेपालका अध्यक्ष महेन्द्र बि. थापा मगर रहनु भएको थियो । दुई सत्रमा विभाजित उक्त कार्यक्रमको उद्घाटन सत्र नेपाल मगर लेखक संघ, लुम्बिनी अञ्चल अध्यक्ष लोकनेश ढेंगा मगरको अध्यक्षामा सुरु भएको थियो भने कार्यक्रमको कविता प्रतियोगिता सत्र कार्यक्रमकी संयोजक दिया आले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल मगर संघका केन्द्रिय अठार मगर भाषिक उपाध्यक्ष कर्ण ब. बुढा मगर, आदिकवि जित ब. सिंजाली मगर साहित्य प्रतिस्ठानका अध्यक्ष संजोग लाफा मगर, नेपाल मगर लेखक संघ केन्द्रिय महासचिव उजिर राना मगरले शुभकामना मन्तव्य दिनुभएको थियो । यसैगरी नेपाल आदिवासी जनजाती महासंघकी उपाध्यक्ष रमिला भुजेल, नेवा दबुका अध्यक्ष राम प्रसाद श्रेष्ठ, आदिकवि रेख ब. थापा मगर स्मृती तथा साहित्य प्रतिस्ठानका सह सचिव खड्क ब. आले लगायतले मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रमको संचालन नेपाल मगर सघं, लुम्बिनी अञ्चल समितीकी सह सचिव दिलमाया पुनले गर्नुभएको थियो ।
