देब पचभैया
पाल्पा,२३ फागुन, १५ जनाको ज्यान जाने गरी चिदिपानी १ धैरेनी पाल्पामा आईतबार बेलुकी भएको बस दुर्घटनामा परि घाईते भएकी १२ बर्षिया ईन्दिरा थापाको आज बिहान ज्यान गएको छ । चिदिपानी ७ की ईन्दिराको लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचारको क्रममा मृत्यु भएपछि ज्यान जानेको खंख्या १६ पुगेको छ ।
दुर्घटनामा घाईते भएका मध्ये अझै पनि ५ जनाको अबस्था गंभिर छ । दुर्घटनाका दिन चिदिपानी ७ बुद्धिकोट गाउका १४ जना र चालक हुमिन का गरी १५ जनाको ज्यान गएको थियो । २६ जना घाईते मध्ये १४ जनाको उपचार भैरहेको छ भने अन्य घाईते हरु उपचार पछि घर फर्किएका छन् । जन्ती लिएर बेहुलाको घरमा फर्किदै गरेको बस दुर्घटना हुदा बेहुलाको बुवा ४६ बर्षिय बिष्णु चर्ती र दाई २६ बर्षिय योगेन्द्र चर्ती सहितको ज्यान गएको थियो ।
दुर्घटनामा घाईते भएका बेहुला केश बहादुर चर्ती उपचार पछि घरमा बुवा र दाजुको कृयामा छन् भने बेहुली बिष्णु थापाको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । चिदिपानी गाबिसको बुढीकोट बाट खानीछाप गाबिसको आमडाडामा जन्ती गएर दुलाहाको घर फर्किदै गरेको लु १ ख २७९७ नम्बरको बस आर्यभञ्याङ्ग, राम्दी सडक खण्डमा पर्ने चिदिपानी १ धैरेनी मा सडक बाट झण्डै ७ सय मिटर तल भालुखोलामा बस खसेको थियो ।
