गोविन्द घर्ति
देवदह फागुन १९ , सामुदायिक वन राम्रो बनाउनको लागि उपभोक्ता, कार्यसमिति र वन कर्मचारीहरु आ–आफनो ठाउँबाट लाग्नु पर्ने देवदहामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । हरियाली सामुदायि वन उपभोक्ता समुह देवदह–६ को ८ औं साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै शितलनगर ईलाका वन कार्यालयका प्रमुख उपेन्द्र पटेलले नेपालको सामुदायिक वन विश्वको लागि नमुना बन्दै गएको बताउनु भयो ।
उहाँले वनको संरक्षण, सम्वद्र्धन र सदुपयोग उपभोक्ताकै निर्णय अनुसार हुनेहुदा वनको हैसियत राम्रो वन्दै गएको बताउनु भयो । हरियाली सामुदायिक वनका अध्यक्ष निलध्वज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा देवदह वन सञ्जालका अध्यक्ष खेमनारायण अधिकारी, देवदह साप्ताहिकका सम्पादक त्रिलोचन दाहाल, खेमप्रसाद पाण्डे, हरी केसी, छविराज भण्डारी, मित्र बहादुर थापा, तेज बहादुर कुवर, गिता खड्का लगायतले बोल्दै सामुदायिक वनमा गरिवहरुको पहुच बढाउदै लैजानु पर्नेमा जोड दिएका थिए । मुमानन्द ढकालको स्वागत र टिका भण्डारीको संचालनमा भएको कार्यक्रममा भिम वि.क.ले २ लाख ६७ हजार बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
