राज्यले युवा शक्तिलाई सम्बोधन गरी विदेश पलायनबाट रोक्नु पर्ने

Read Time:1 Minute, 50 Second

देवदहद फागुन १९ । राज्यले युवा शक्तिलाई सम्बोधन गरी विदेश पलायनबाट रोक्नु पर्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । खेमा तमु युवा छोंज धी देवदहको दोश्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

उनीहरुले युवा शक्ति भनेको समाज परिर्वतनको वाहक भएकोले युवाहरुलाई सहीमार्ग निर्देशन गर्नु पर्ने बताएका थिए । खेमा तमु युवा छोंज देवदहका अध्यक्ष चेत बहादुर तमुको अध्यक्षता, देवदह डेभलपमेन्ट सोसाईटीका अध्यक्ष भिमप्रसाद गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदहका उपाध्यक्ष पान बहादुर गुरुङ्ग, खेमा तमु छोंज धीका उपाध्यक्ष टौ बहादुर तमु, माङ्गी महिला समिति देवदहका अध्यक्ष ज्ञानसरी गुरुङ्ग, समाजसेवी गौ बहादुर तमु, युवा संयोजक भिम ल्होमे तमु, सञ्जय तमु, लिलामाया तमु लगायतले बोल्दै युवाहरुमा लागु पदार्थ दुव्र्यसनीको मुख्य समस्या देखिएकोले समस्या समाधानको लागि राज्य गंभिर भएर लाग्नु पर्नेमा जोड दिएका थिए । राजु तमुको स्वागत र रिता तमुको संचालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %