गोविन्द घर्ति देवदह
चेतना, संघर्ष र आन्दोलनबाट मगरहरुको जायित अधिकार स्थापना गर्न सकिनेमा देवदहमा आयोजित कार्यक्रममा बोल्ने वक्राहरुले जोड दिइएको छ । ३१ औ मगर स्थापना दिवसको अवसरमा नेपाल मगर संघ देवदहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले जातिय विकासका लागि सवै मगरहरु एक जुट हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एव नेपाल मगर संघ रुपन्देहीका सदस्य कमल थापाले राज्यले बेवास्ता गरेका कारण मगरहरु पछाडि परेको बताउदै अवको दिनमा पनि मगरहरु चुप लागेर बसेमा अझ मर्कामा परिने दावी गर्नु भयो । नेपाल मगर संघ देवदहका अध्यक्ष लाल बहादुर दर्लामीको अध्यक्षता र सचिव गोविन्द घर्तिको संचालनमा भएको कार्यक्रममा रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष केशव पुन, नेकपा माओवादी अवधराज्य समिति सदस्य नमराज पुरी, नेकपा एमाले रुपन्देहीका सदस्य धुव्र खरेल, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, एकिकृत नेकपा माओवादी देवदहका अध्यक्ष कृष्ण ढकालले बोल्नु भएको थियो ।
त्यसैगरी नेकपा एमाले देवदहका अध्यक्ष पदम थापा, तामाङ्ग घेदुङ्ग देवदहका अध्यक्ष डिवि मोक्तान, देवदह खानेपानी तथा सरसरफाई समितिका अध्यक्ष जसमान गुरुङ्ग, कोलिय वचत तथा ऋणसहकारी संस्थाका अध्यक्ष प्रकाश अर्याल लगायतले बोल्दै भाषा, सस्कार र संस्कृतिको सम्वद्र्धन गर्न सवै लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमका विशेष अतिथि यम रानाले भलिवल प्रतियोगितामा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
