स्वर्गीय पत्रकार पाटाको चौंथो स्मृती दिवस मनाइयो ।

Read Time:2 Minute, 18 Second

गोविन्द घर्ति, रुपन्देही

स्वर्गीय पत्रकार देवबहादुर पाटाको चौंथो स्मृती दिवस एक कार्यक्रमका बिच मनाईएको छ । आदिवासी जनजाती पत्रकार संघ (अनिज) रुपन्देहीका संस्थापक अध्यक्ष समेत रहनु भएका स्वर्गीय पाटाको अनिज रुपन्देहीले स्मृती दिवस मनाएको हो । अनिजको बुटवल स्थित कार्यालयमा आयोजना गरिएको कार्यक्रममा राज्य तथा समाजप्रति उत्तरदायी भएर काम गर्ने पत्रकारको सामाजिक सुरक्षाका कार्यक्रम सरकारले ल्याउन नसक्दा पत्रकारको अवस्था दयनीय बनेको कार्यक्रममा बोल्ने बक्ताहरुले औंल्याएका थिए ।

स्वर्गिय पाटाको ४ वर्ष अंगाडी बुटवलको चौराहामा सवारी दुर्घटनामा परि ज्यान गएको थियो । अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङ्गको अध्यक्षतामा भएको स्मृती शभामा आदीबासी जनजाती  महासंघ रुपन्देहीका अध्यक्ष होम गलामी, स्वर्गीय पाटाकी धर्मपत्नी नारायणी पाटा, थकालि सेवा समिती बुटवलका अध्यक्ष शिवप्रसाद सेरचन, तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषदका चन्द्रबहादुर गुरुङ्ग, नेपाल छन्त्याल संघ रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य शेरबहादुर केसी, रुपन्देहीका उपाध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीका सहसचिव कबिन्द्र नेपाल, क्रान्तिकारी पत्रकार संघ रुपन्देहीका अध्यक्ष रुद्रहरी कुँवर, पत्रकार लोकनेश ढेगा, टेकबहादुर मास्की लगायतले बोल्दै स्वर्गी पत्रकार पाटा प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %