देब पचभैया, पाल्पा,फागुन १३
जिल्लाका सरकारी तथा संस्थागत नीजि विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि पाल्पामा आजदेखि शैक्षिक सामाग्रीको प्रर्दशनी सुरु भएको छ।
जिल्ला शिक्षा कार्यालयले विद्यालयको गुणस्तर सुर्धान विद्यालयमा शैक्षिक सामाग्री अनिवार्य गराएपछि आफ्नो विद्यालयमा उत्कृष्ठ पठनपाठको सुरुवात गर्न भन्दै पाल्पाको १८ वटै स्रोत केन्द्रका विद्यालयहरुबाट छनौट गरि जिल्लास्तरिय शैक्षिक सामाग्रीको प्रर्दशनी गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। गुणस्तर, विषय, प्रस्तुती,शिक्षण सिकाई, शिक्षक तथा विद्यार्थी निर्मित, प्रर्दशन, प्रस्तुतीका आधारमा प्रर्दशन गरिएका ५ हजार शैक्षिक सामग्रीबाट छनौट गरि पुरस्कृत गरिने मूल्यांकन समितिका संयोजक डम्बर ध्वज बस्यालले जानकारी दिए। १८ स्रोत केन्द्र अन्तरगतका १४५ विद्यालयहरुले ३ हजार ६ सय ८६ शैक्षिक सामग्री निमार्ण गरि प्रदर्शनी समेत गरेका छन्।
स्रोत केन्द्र अन्तर्गत अर्गलीबाट २० विद्यालय १८५ शैक्षिक सामाग्री, छहरा ५ विद्याललय १८६, कसेनी १५ विद्यालय १५०, ताँहु ५ विद्यालय १९०, आर्यभन्ज्यांग ५ विद्यालय ३ सय शैक्षिक सामाग्री, चापपानी ९ विदालय ४ सय शैक्षिक सामग्री, झडेवा १४ विद्यालय १०० शैक्षिक सामाग्री, सत्यवतीबाट विद्यालय १५० शैक्षिक सामाग्री, दोभानबाट ५ विद्यालय ३०० शैक्षिक सामाग्री, रामपुरबाट ५ विद्यालय ३ सय शैक्षिक सामाग्री, मस्यामबाट ५ विद्यालय १५० शैक्षिक सामाग्री, गाँडाकोटबाट ७ विद्यालय १५० शैक्षिक सामाग्री,हुँगीबाट १३ विद्यालय २०० शैक्षिक सामाग्री, भैरवस्थानबाट ६ विद्यालय २०० शैक्षिक सामाग्री, कुशुमखोलाबाट ५ विद्यालय १२५ शैक्षिक सामाग्री, तानसेनबाट ५ विद्यालय ४५० शैक्षिक सामाग्री, रिग्नेरहबाट ५ विद्यालय १५० शैक्षिक सामाग्री, र मित्याल स्रोतकेन्द्रबाट ३१ विद्यालयका उच्च मावि, मावि र प्राथमिक विद्यालयबाट २ सय शैक्षिक सामग्री प्रदर्शनमा ल्याइएका थिए ।
स्रोत केन्द्रका १४५ विद्यालयले आफ्ना विद्यार्थी र शिक्षकबाट तयार पारिएका उत्कृष्ट शैक्षिक सामग्रीलाई प्रदर्शन गरेका हुन्। जिल्ला शिक्षको निर्देशनलाई पालना गर्नका लागि प्रत्येक विद्यालयमा शैक्षिक सामग्री तयार छन् भनेर देखाउन यसरी प्रदर्शनी आयोजना गरिएको स्रोत व्यक्ति अर्जुन कुमार श्रेष्ठ बताए। जिल्लाका सबै स्रोत केन्द्रका विद्यालयमा प्रत्येक शिक्षले पढाउन जांदा कम्तीमा एउटा शैक्षिक सामग्री लिएर मात्र जाने गरेका छन्। शैक्षिक सामाग्री प्रर्दशनीमा लोपउन्खुख गाउँले सामाग्री, विज्ञान, गणित, स्वास्थय लगायतका सामाग्रीहरु प्रर्दशनीमा राखिएका छन्। २ दिन सम्म चल्ले प्रर्दशनीको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षत्रिय शिक्षा निर्देशक विष्णु बहादुर द्धारेले पश्चिमाञ्चलमै पहिलो पटक पाल्पाले शैक्षिक सामाग्री प्रर्दशन गरेर नमुना कार्य गरेको बताए। उनले पाठ्क्रम र पाठ्यपुस्तकमा आधारित भएर व्यवहापरक शिक्षा प्रदान गर्नका लागि हेरेर, गरेर सिक्ने अवसर शैक्षिक सामाग्रीले गर्ने बताए। जिल्लाका हरेक विद्यालयलाई व्यवहारिक ज्ञान र प्रविधि दिनका लागि शैक्षिक सामाग्रीले सहयोग पुर्याउने उनले बताए।
प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीले शिक्षक विद्यार्थी र अभिभावकले मेहनतका साथ बनाएको शैक्षिक सामाग्रीलाई कक्षाकोठामा प्रयोग गर्न आग्रह गरे। जिल्ला शिक्षा समिति पाल्पाका अध्यक्ष एवं स्थानीय विकास अधिकारी दिर्घवहादुर पोखरेलले सकारात्क सोंचका साथ शैक्षिक साम्रागी निमार्ण गरिनुले सिकाई प्रभावकारी हुने बताए। जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले मन्त्रालय र विभागको कार्यक्रममा नभएता पनि पाल्पाले उत्कृष्ठ काम गरेको बताए, नेपालमै पहिलो पटक पढाउने र सिकाउने कामको सन्देश दिनका लागि शैक्षिक सामाग्रीको प्रर्दशनी गरिएको बताउँदै यसलाई कक्षा कोठामा समेत दैनिक रुपमा प्रयोग गरि निरन्तरता दिन आग्रह गरे।
जनता माविका प्रचार्य मेघराज शर्माले इमान्दारिता र सकारात्मक सोंच देखाएर कक्षा कोठामा शिक्षण गरेमा विद्यालयमा शैक्षिक सुधार ल्याउन सकिने बताए। पत्रकार महासंघका अध्यक्ष भगवान भण्डारीले अन्तराष्टिय स्तरको सिकाईका लागि शैक्षिक सामाग्रीको प्रयोग र जिल्लामै नमुना कार्य गरिएको बताए।
विद्यार्थीलाई बुझाएर पढाउन र हाम्रा लोप हुदै गएका संस्कृतिलाई झल्काउन पनि शैक्षिक सामग्री प्रयोग गर्न अनिवार्य भएको शिक्षकहरु बताउछन्। जिल्ला शिक्षा कार्यालय पाल्पाका उपसचिव दिपेन्द्र ढकालले जिल्लाको शिक्षाको गुणस्तर सुधार्न शैक्षिक सामग्री सहयोगी बन्ने बुझेका कारण अनिवार्य गरिएको बताए।प्रदर्शनी आयोजना गर्नाले अर्को विद्यालयभन्दा मेरो विद्यालयको उत्कृष्ट सामग्री कसरी बनाउने भन्ने भावना जाग्ने उनले बताए। ‘एउटाले अर्को विद्यालयको शैक्षिक सामग्री हेर्ने हो भने सिकाई पनि हुन्छ’ यसले सरकारी विद्यालयलाई पनि नीजि सरह प्रतिष्पर्धा गरि शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्नेछ।
