पाल्पा महोत्सवको तयारी अन्तिम चरणमा

Read Time:5 Minute, 45 Second

देब पचभैया पाल्पा, १३ फागुन

“पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापारस अवसर र संभावना छ अपार” भन्ने मूल नाराका साथ पाल्पामा हुन लागेको ‘पाल्पा महोत्सव २०६९’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। पाल्पा उद्योग वाणिज्य संघको मुल आयोजनामा तानसने स्थित टुडिखेल मैदानमा यहि फागुन १७ गते देखि २६ गते सम्म महत्सव हुन लागेको हो। सघंले आइतबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो मूख्य आयोजनामा हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो। 

पाल्पाको पर्यटकीय विकास, कृषि उत्पादन, घरेलु तथा साना उद्योगको बजार विस्तार प्रर्वद्धन र प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं उद्योग बाणिज्य सघं पाल्पाका अध्यक्ष मधुदयाल शैंजुले जानकारी दिनु भयो। महोत्सव सम्पन्न गर्न १०१ सदस्यीय मुल आयोजक समिति र गठन भएको छ।

शैजुका अनुसार कृषि, घरेलु उद्योग तथा पर्यटन क्षेत्रका रुपमा आफ्नो छुट्टै पहिचान बनाएको पाल्पामा रहेका ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक स्थलहरुको पनि महोत्सवले प्रचार प्रसार गर्न मद्दत पुराउने छ। यहाँका कुटिर उद्योग, कृषि तथा वनजन्य उद्योग, महिला उद्यमीका उत्पादन, पर्यटन उद्योगबाट उत्पादित वस्तु तथा सेवालाई पर्वद्धन गर्ने उद्देश्य महोत्सवले दिएको पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनु भयो।

महोत्सवमा जिल्ला कै साँस्कृतिक पहिचान झल्कने झाँकी प्रस्तुत हुनुका साथै जिल्लामा उत्पादन हुने स्थानीय तथा राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्न वेग्लाबेग्लै प्रदर्शनी एवं बिक्री केन्द्रहरुको व्यवस्था गरिने आयोजकले जनाएको छ। महोत्सवमा नयाँ प्रविधिका कृषि औजार लगायत अदुवा वस्तुको प्रदर्शनी सहितको कृषि प्याभिलियन, धार्मिक तथा पर्यटकीय स्थलहरुका चित्ताकर्षक फोटो तथा स्वरुप प्रदर्शनी, रानीमहलको स्वरुपमा सचिवालय, मनोरंजनपूर्ण बाल उद्यान, महोत्सव परिसरको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन ऋऋत्ख् क्यामेरा जडान हुनुका साथै प्रबेश टिकटमा गोला प्रथाद्धारा एक जनालाई मोटरसाईकल उपहारको व्यवस्था गरिएको प्रचार प्रसार समितिका संयोजक अजयमान कर्मचार्यले जानकारी दिनु भयो। 

महोत्सव अवधिभर राष्ट्रिय लोक दोहोरी, आधुनिक तथा पप गायक तथा हाँस्य कलाकारहरुको साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुनुका साथै जिल्ला स्तरमा प्रतियोगितात्मक खुल्ला सामूहिक तथा प्रा.वि.स्तरका सामूहिक बालनृत्य कार्यक्रमहरु सहितका स्थानीय लोक सांस्कृतिक कार्यक्रमहरु हुने उहाँले जानकारी दिनु भयो। 

महोत्सवका लागि अहिलेसम्म २ सय ८० भन्दा बढी स्टलहरु दर्ता भैसकेका छन्। काठमाण्डौ, हेटौडा, चितवन, बुटवल, भैरहवा, पोखरा, धनगढी, दाङ, पाल्पा लगायतका शहरहरुबाट उद्योग तथा व्यापारिक प्रतिष्ठानले स्टल दर्ता गरिसके आयोजकले जनाएको छ। राष्ट्रिय उद्योग प्रतिष्ठान, बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, अटोमोवाईल्स, कृषि एवं वनजन्य उत्पादन, कुटिर र महिला उद्यमीका स्टल दर्ता भएका छन्। महोत्सवमा २ लाख बढी दर्शक तथा अवलोकनकर्ता सहभागी भई ५ करोड बराबरको कारोवार हुने अपेक्षा आयोजकले लिएको छ।

महोत्सवबाट हुने आम्दानीलाई पर्यटन क्षेत्रको विकास, पाल्पामा हवाई मैदान संभाव्यता अध्ययन, टुडिखेल मैदानको स्तरोन्नतीका साथै संघबाट निर्माण गर्न लागिएको अतिथी गृह, तालिम तथा सभाहल सहितको बहुउद्देश्यीय भवन निर्माणका लागि रकम छुट्याईने कर्मर्चाले जानकारी दिनु भयो। महोत्सवको जिल्ला विकास समिति पाल्पा, तानसेन नगरपालिका, नेपाल उद्योग वाणिज्यमहासंघ आयोजक रहेका छन्। साना उद्योग कार्यालय, जिल्ला कृषि विकास कार्यालय पाल्पा सहआयोजक रहेका छन्। २०२३ सालमा स्थापना भएको पाल्पा उद्योग बाणिज्य संघले यसअघि ७ वटा महोत्सवको आयोजना गरिसकेको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %