काठमाण्डौ,फागुन १० प्रधानन्यायाधिश रेग्मीलाई नेताहरुलाई भेटेर सरकारको नेतृत्व गर्न जति माग गरेपनि आफु विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको किनारा नलाग्दा सम्म यस वारेमा कुनै निर्णय नगर्ने रेग्मीको पारिवारीक श्रोतले जनाएको छ। उहाका विरुद्धमा सर्वोच्च अदालतमा केही दिन पहिले अभिवक्ता भरत जंगमले प्रधानन्यायाधिशलाई प्रधानमन्त्री बनाउन नमिल्ने भन्दै रिट दायर गर्नु भएको थियो । त्यस रिट माथी आगामी शुक्रवार मात्रै सुनुवाई गर्ने सर्वोच्चले जनाएको छ। हिजो पेशीमा राखिएको रीट सुनुवाईका लागि आलो नआएकाले सुनुवाई हुन सकेको थिएन । नेताहरुले उहालाई हिजो भेटेर चुनाबी सरकारको अगुवाई गर्न माग गरेका थिए । रेग्मीले आफु विरुद्ध अदालतमा रहेको मुद्धाको किनारा नलागे सम्म नभेट्ने बताउनु भएको थियो ।बन्न तयार गोरखामा पुगेर हिजो प्रधानमन्त्री भट्टराईले बताउनु भएको थियो । अहिलेको विशेष परिस्थितिमा के बोल्ने के नबोल्ने भन्नेमा ख्याल गर्नुपर्यो, दलहरुसँगको भेटमा राष्ट्रपति यादवलले भन्नुभएको थियो । अहिलेसम्म भएका सहमतिलाई मानेर छिटो निकास खोज्न दलहरुलाई उहाँले सुझाव पनि दिनुभयो ।
