नेकपा माओवादीले राष्ट्रपतिलाई विरोध पत्र बुझायो

Read Time:1 Minute, 12 Second

काठमाण्डौ,फागुन १०

प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने निर्णयको विरोध गर्दै नेकपा माओवादीको नेतृत्वमा विभिन्न दलहरुले राष्ट्रपतिलाई विरोधपत्र बुझाएका छन् । काठमाण्डुको लैनचौरबाट दबाब ¥यालीसहित पुगेर राष्ट्रपति कार्यालयमा विरोध पत्र बुझाएका हुन् । त्यसक्रममा बोल्दै नेकपा माओवादीका महासचिव रामबहादुर थापाले प्रमुख ४ शक्तिको पछिल्लो निर्णयले देशलार्य थप संकटमा पुर्याएको बताउनुभयो । यसैबीच आजै राजधानीमा भएको एक कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले देश बिगार्ने कारक तत्व प्रधानन्यायाधिस खिलराज रेग्मी भएको आरोप लगाउनुभयो । रेग्मीकै इजलासले संविधानसभाको म्याद नथप्ने निर्णय गरेकाले देश अहिलेको अप्ठ्यारो अवस्थामा आएको पनि बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %