गौरीवास महोत्तरी,फागुन १० महोत्तरीको बगडामा गएको मंसिर २९ गते मृत अवस्थामा फेला परेकी बालिकालाई उनकै बाबुले हत्या गरेको पुष्टी भएको छ । बगडा ६ का नथुनी सदाकी ९ बर्षिया छोरी सन्तलाकुमारी सदा गएको मंसिर २९ गते घर नजिकै खेतमा मृत अवस्थामा फेला परेकी थिईन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज जलेश्वरमा पत्रकार सम्मेलन गरी बाबुले नै छोरीको हत्या गरेको तथ्य सार्वजनिक गरेको हो । अनुसन्धानबाट बाबुले नै बालिका छोरीको हत्या गरेको पुष्टी भएको प्रहरी निरिक्षक सुरज खड्काले जानकारी दिनुभयो । सदाले पनि छोरीको हत्या आफैंले गरेको स्वीकार गरेका छन् । छोरीले धान बेचेर आवश्यक खर्चको जोहो गर्न खोज्दा निर्घात कुटपिट गरेर बाबुले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घरमा कुटपिट गरेर छोरीको हत्या गरेपछि सदाले बालिकाको शव घर नजिकै खेतमा लगेर फालेका थिए ।
छोरीको हत्या बाबुले गरेको पुष्टी
Read Time:1 Minute, 22 Second
