प्रधानन्याधीसको नेतृत्वमा सरकार गठन अमान्य

Read Time:2 Minute, 1 Second

बुटवल फागुन ८,राष्ट्रिय जनमुक्ति पार्टीको युवा संगठन युवा मोर्चाले चार दलको सहमतिमा प्रधानन्यायधीस खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमतिको विरोध गरेको छ । मोर्चाको मंगलबार मंगलापुर कृषि तालिम केन्द्रमा बसेको केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको हो ।

मोर्चाले बैठक पछि जारी प्रेस विज्ञप्तिमा भनेको छ प्रधानन्यायधीसको नेतृत्वमा चुनावी सरकार गठन गर्दा संविधान सभाको पुर्न निर्वाचन झन अनिस्चित हुने खतरा बढ्दछ । जारी प्रेस विज्ञप्तिमा विगठीत प्रतिनिधि सभा भित्र रहेका ३२ दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने । यदि राष्ट्रिय सरकारको गठन नभए ३२ मध्ये १७ दलको समर्थनमा बहुमतिय सरकार गठन गर्नुपर्ने जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले “पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान” विषयक देशव्यापी रुपमा अन्तरक्रिया गोष्ठी आयोजना गर्ने निर्णय समेत गरेको छ । बैठकले वर्तमान सरकारले युवा स्वरोजगार कोषलाई दुरुपयोग गरेको र आम नेपाली युवाहरु त्यसबाट लाभान्वीत नभएको समेत ठहर गरेको छ । बैठकले आगामी चैत्र २५, २६ र २७ गते चितवन नारायणगढमा पाँचौ राष्ट्रिय भेला आयोजना गर्ने समेत निर्णय गरेको छ । बैठकको अध्यक्षता मोर्चाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको थियो ।

खिन गुरूङ्ग

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %