अन्तत दलहरुले प्रधानन्याधिसकै हातमा सत्ताको चाबी बुझाएकाछन् । २२ जेठमा चुनाव गर्ने गरि खिलराज रेग्मीलाई सरकार प्रमुख बनाईने सहमति गरेकाछन् । अस्ति देखि चलेको नाटकको आज पटाक्षेप भएकोछ र उनलाई कार्यकारी अधिकार दिईने भएकोछ ।
दलहरुले आफु अक्षम भयौं भन्दै न्यायाधिसलाई गुहारेर देशलाई सहि बाटोमा ल्याईने भाषणबाजी गर्न पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेको बुझिएकोछ । यद्यपि केहि विषयमा अझै विवाद रहेकोले सरकार कहिले बन्छ निक्र्याेल छैन । तर यसले देशलाई निर्दलीयता धकेलेको भन्नेहरुको विरोध पनि चलिरहेकोछ ।
संविधानसभा मार्ने खलपात्र भएकोले खिलराजलाई सरकार प्रमुख बनाएको भन्दै जनजाति महासंघले विरोध गरिसकेकोछ भने राष्ट्रिय जनमुक्ति पार्टी लगायत साना दलहरुले प्रतिगमन कदम भन्दै हिंजो नै विरोध गरिसकेकाछन् ।
सम्बन्धित समाचार
