देशको कुल जनसंख्याको तेश्रो ठुलो जनसंख्या ओगट्ने मगर जातिको पर्वमा सरकारले विदा दिएकैछैन । सामान्यत पछिल्ला दिनहरुमा मगरसंघले मगरको पर्वको रुपमा माघे सक्रान्तिलाई मान्दै आएकोथियो । त्यसैगरि मगरसंघ स्थापना भएको फागुण १५ लाई पनि पर्वको रुपमा मनाउदै आएकोछ । तर गृहमन्त्रालयले भर्खर सार्वजनिक गरेको विदाको पात्रोमा माघे सक्रान्तिलाई थारु जातिको माघी र छन्त्याल जातिको मुख्य पर्वको रुपमा उल्लेख गरेकोछ ।
अन्य सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको भने विदा छुट्याइएकोछ ।
पात्रो यहाँ छ –
http://www.moha.gov.np//np/
