संविधान सभाबाट प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्ने भन्दा पनि समाप्त पार्ने काम भएकोछ :वसन्त श्रेष्ठ

Read Time:2 Minute, 41 Second

गोविन्द घर्ति

देवदह फागुन ४,संविधान सभाबाट प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्ने भन्दा पनि समाप्त पार्ने काम भएको नेकपा माओवादी रुपन्देहीका ईन्चार्ज वसन्त श्रेष्ठले बताउनु भएको छ । उहाले जनता र देशको समस्या समाधान गर्नुको सट्टा राजनैतिकदलहरुले सत्तामा पुग्ने दाउपेचका कारण समस्या बलझिल्दै गएको बताउनु भयो । नेपाली नागरिकको अपेक्षा अनुसार क्रान्ति पुरा नभएकोले जनक्रान्ति जारी रहेको र हतियार बोक्ने वा नबोक्ने कुरा समय परिस्थितीले निधारण गर्ने ईन्चार्ज श्रेष्ठले बताउनु भयो । नेकपा माओवादी ईलाका नं १ द्धारा १८ औं जनयुद्ध दिवसको अवसरमा रुपन्देहीको देवदहमा आयोजित कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । ईन्चार्ज श्रेष्ठले भारतको योजना अनुसार प्रधान न्यायधिसलाई प्रधानमन्धीको लागि एकिकृत माओवादीले प्रस्ताव गरेको आरोप लगाउनु भयो । राजनैतिक दलका नेतृत्वले आफुहरु असक्षम भएको भनी आम जनता संग सार्वजनिक रुपमा माफी माग्नु पर्नेमा उहाले जोड दिनु भयो । नेकपा माओवादी ईलाका नं १ का ईन्चार्ज नमराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी रुपन्देहीका सहईन्चार्ज नेत्रनारायण शर्मा, अखिल नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय सदस्य लक्ष्मी कोईराला, दलित मुक्ति मोर्चाका जीत बहादुर रसाईली, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली, क्षेत्रीय सचिव वासुदेव रिमाल, नेकपा एमाले देवदहका अध्यक्ष पदम थापा,  देवदह आदर्श बहुमुखी क्याम्पसका मित्रलाल न्यौपाने, नेकपा एकिकृतका चिरञ्जीवि काप्mले, कोलिय बचत तथा ऋण सहकारी संस्थाका प्रकाश अर्याल लगायतले बोल्दै राजनैतिक दलका नेताहरु सत्ता लिप्सामा केन्द्रीत भएका कारण देश वर्वादि तर्फ गएको बताएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %