देवदह फागुन ३,नेपाल मगर महिला संघ देवदह गाउँ समितिको आम भेला रुपन्देहीको देवदह–५ शितलनगरमा सम्पन्न भएको छ । भेलाले शोभा थापामगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मधु बुढाथोकी, सचिवमा सुमित्रा वारघरे, सहसचिवमा जयन्ती पुन र कोषाध्यक्षमा चित्रकला राना चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा मालती सारु, लोकमाया थापा, विष्णु राना, चिनीसरा थापा, फुलमाया राना, दिलमाया घर्ति, लिला थापा, फनिसरा वराल, नमली बुढामगर, सुमा बुचा, ममता पुन, विष्णु पुन, फुलमाया राना, देउमाया गाहा रहुन भएको छ ।
भेलाले निमला पनु, ज्ञानसरी राना, गंगा पल्लिलाई सल्लाहकारमा चयन गरेको छ । शोभा थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका जिल्ला सदस्यरिता थापा, देवदह गाउँ समितिका अध्यक्ष लाल बहादुर दर्लामी, संघका सल्लाहकार दल बहादुर पाईजा लगायतले बोल्दै हक अधिकार प्राप्त गर्न सम्पूर्ण महिलाहरु एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । निमकला पुनको स्वागत र दिलमाया घर्तिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
