देवदह फागुन ३,रुपन्देहीको देवदह खैरेनी देखि पाल्पाको गोठादी हुदै केरौली सम्म देनिक ३ वटा जीप संचालन हुने भएको छ । देवदह खैरेनीमा भएको देवदह गोठादी सडक निर्माण समिति र यातायात व्यवसायी समिति वीच भएको संयुक्त बैठकले जीप संचालन गर्ने निर्णय गरेको हो । बैठकले विहान ७ः३० बजे, दिउसो २ बजे र साझ ४ बजे देवदह खैरेनी देखि पाल्पाका विभिन्न स्थानाका लागि जीप संचालन गर्ने निर्णय गरेको छ ।
बैठकले बुटवल देखि केरौली सम्मको १ सय ८०, देवदह खैरेनी देखि १ सय पचास रुपैया भाडा कायम गरेको छ । देवदह गोठादी सडक निर्माण समितिका अध्यक्ष झिल्लुप्रसाद न्यौपानेको अध्यक्षता, सचिव दुर्गादत्त शर्माको संचालनमा भएको कार्यक्रममा समाजसेवी नमराज पुरी, समितिका उपाध्यक्ष वासुदेव रिमाल, वासटारी झडेवा सडक निर्माण समितिका अध्यक्ष फनेश्वर पोखरेल, गोठादी खैरेनी सडक निर्माणसमितिका अध्यक्ष रण बहादुर खाम्चा, बुटवल यातायात व्यवसायी समितिका अध्यक्ष दिल बहादुर थापा, श्रीनगर यातायात समितिका प्रतिनिधिहरुले बोल्नु भएको थियो । बैठकले सडक व्यवस्थित गर्न ३ वटै समितिले स्थानीयवासी, राजनैतिक दल, रुपन्देही तथा पाल्पा जिल्लाका सरकारी निकायबाट रकम संकलन गर्ने निर्णय गरेको छ ।
