महिला माथि हुने हिंसा विरुद्धको सचेतना रयाली रुपन्देहीको केरवानी–७ भवानीपुरमा सम्पन्न

Read Time:1 Minute, 51 Second

गोविन्द घर्ति

देवदह फागुन ३,महिला माथि हुने हिंसा विरुद्धको सचेतना रयाली रुपन्देहीको केरवानी–७ भवानीपुरमा सम्पन्न भएको छ । केरवानी–२,६ नंम्वर चोक देखि शुरु भएको रयाली भवानीपुरमा आएर सभामा परिणत भएको थियो । महिला जागरण समुह र केरवानी महिला सञ्जालको संयुक्त आयोजनामा उक्त सचेतना याली सम्पन्न भएको हो । महिला जागरण समुहका अध्यक्ष निर्मला चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा थारु कल्याणकारी सभाका जिल्ला सदस्य सरीता चौधरी, देवदह मेलमिलाप केन्द्रका देवु भट्टराई, महामाया भवानी उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ पौडेल, विद्यालयका प्रार्चाय दिनानाथ अर्याल, दिला चापागाई, शान्ता भट्टराई, विष्णु ज्ञवाली, कृष्ण कुमारी पाण्डे, तेज बहादुर नेपाली, दुर्गा बहादुर चौधरी, भगवती गैरे, ज्ञानप्रसाद भण्डारी लगायलते बोल्दै महिला हिंसा रोकथाम गर्नको लागि राष्ट्रिय मुद्दाको रुपमा उठान गर्नु पर्छ र त्यसको लागि सम्पूर्ण महिलाहरु एक जुट भएर राज्यलाई दवाव दिनु पर्नेमा जोड दिएका थिए । राधा गिरीको स्वागत र फुलकुमारी चौधरीको संचालनमा भएको कार्यक्रममा महिला हिंसा विरुद्धको सडक नाटक प्रर्दशन गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %