देबदहमा पनि १३६औ लखन दिवश,सबै बक्ताले प्रथम शहिदको माग गरे

Read Time:1 Minute, 55 Second

गोविन्द घर्ति रुपन्देही

जहानीया राणा शासन विरुद्ध संघर्ष गर्नु भएका लखन थापालाई प्रथम शहीद घोषणा गर्न राज्यलाई दवाव दिनु पर्ने देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । उनीहरुले राणा शासनको विरुद्धमा सहादत प्राप्त गरेका कारण लखन थापालाई प्रजातान्त्रिक आन्दोलनका प्रथम शहीद घोषणा गर्नु पर्ने बताइएको थियो । १ सय ३६ औं लखन स्मृति दिवसमा नेपाल मगर संघ देवदह गाउँ समितिले आयोजना कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताइएको हो ।

राणाहरुले १९३३ साल फागुन २ गते लखन थापालाई गोर्खामा झुण्याई मारेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले शहीदहरुको अवमूल्यन गरेका कारण लखन थापा ओझेलमा परेको बताइएको थियो । नेपाल मगर संघ देवदह गाउँ समितिका अध्यक्ष लाल बहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका सदस्य टेक बहादुर थापा, संघका सल्लाहकार दल बहादुर पाईजा, केशव पुन, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, निमकला पुन लगायतले बोल्दै गाउँ गाउँबाट एक जुट भएर आवाज उठाउन सके लखन थापालाई प्रथम शहीद घोषणा गराउन सकिनेमा जोड दिएका थिए । संघका सचिव गोविन्द घर्तिको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %