दीपा आले मगर

नेपालगन्ज फागुन १, नेपाल मगर विद्यार्थी संघ मैटहवा उच्च माध्यमिक विद्यालय इकाई समितिको अध्यक्ष पदमा गिरीप्रसाद रानामगर चयन भएका छन् । नेपाल मगर विद्यार्थी संघ बांकेको आयोजनामा आज भएको उक्त समितिमा उपाध्यक्ष देव बहादुर थापामगर, सचिव भारती थापामगर, सहसचिव नविन थापामगर र कोषाध्यक्ष पदमा एकमाया थापामगर चयन भएका हुन् ।
मगर विद्यार्थीहरुको शैक्षिकस्तर वृद्धि गर्ने उद्देश्यले गठन गरिएको एकाई समितिको सदस्यहरुमा नविन थापामगर, टेकेन्द्र थापामगर, पुजा थापामगर,दीपक थापामगर,निरमाया रानामगर, लक्ष्मी रानामगर, लिला थापामगर, अर्पण थापामगर, बविता थापामगर, रेणुका थापामगर, यनिका थापामगर,सुकमाया थापामगर,ममता थापामगर,रोशनी थापामगर, रितु आलेमगर, अर्चना रानामगर, पुष्पा बुढामगर कार्य समितिमा चयन भएका हुन् ।
समिति गठनकै क्रममा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष दीपा आलेमगरले विद्यार्थीहरुको शैक्षिक स्तरलाई गुणस्तरीय बनाउन राज्यको भूमिका हुनु पर्ने धारणा राख्नु भयो । उहांले राज्य देखि पछाडि पारिएका जातजाति, वर्ग क्षेत्रका समुदायलाई विशेष प्राथमिकतामा राख्नु पर्ने बताउंदै स्वयम विद्यार्थीहरु पनि गुणस्तरीय शिक्षा हासिल गर्न सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो ।
समिति गठनकै क्रममा विद्यार्थीहरुले आफूकोलागि शिक्षा मात्र नभई नेतृत्व विकासका तालिम तथा खेलकुदका सामाग्रीहरु हुनु पर्ने माग गरेका थिए । अधिकांश मगर जातीको बहुलयता भएको उक्त गाविसमा मगर समुदायका छोराछोरीहरु सो विद्यालयमा पढ्दै आईरहेका छन् । कार्यक्रममै विद्यालयका प्रधानअध्यापक जयलाल अधिकारीले विद्यार्थीको शिक्षालाई गुणस्तरीय बनाउन र विद्यालयको भौतिक पूवार्धारलाई व्यवस्थीत गर्न सबैको भूमिका हुनुपर्ने बताउनु भयो । उहांले जिर्ण अवस्थामा भएका भवनको पुर्न निर्माण गर्नु पर्ने, कोठा थप्नु पर्ने, विद्यार्थीकोलागि खेल सामाग्रीको पहुंच हुनुपर्ने लगायतका विषयमा सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोग हुनु पर्ने धारणा राख्नु भयो ।
समिति गठन कार्यक्रममा चयन भएका नव पदाधिकारीहरुले आ-आफ्ना धारणा राख्नु भएको थियो भने कार्यक्रममा केन्द्रिय सदस्य धर्म आलेमगरले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई दिनु भएको थियो । साथै मगर समुदायका अग्रजहरु दिलमाया थापामगर, खिम रानामगर, हिरा थापामगर, अमर थापामगर, टेकबहादुर, रञ्जीत थापागमर, शेरबहादुर थापामगरलगायतको उपस्थिति रहेको थियो ।

