चार दलको निसाना जेठ दोस्रो साता चुनावी सरकारको नेतृत्वमा आ–आफ्नै अडान

Read Time:2 Minute, 39 Second

काठमाडौं, फागुन १ प्रमुख चार राजनीतिक शक्तिहरुले जेठको दोस्रो साता भित्र संविधानसभाको नयाँ निर्वाचन गराउने विषयमा परामर्श थालेका छन् । दलहरुका बीच जेठ–१५ गते भित्र निर्वाचन गर्ने विषयमा परामर्श भएपनि ठोस सहमति भने हुन सकेको छैन । प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारले यस अघि दुई पटक घोषणा गरेको मितिमा नयाँ निर्वाचना गराउन नसके पछि विपक्षी दलहरुले उनको बहिर्गमनको माग गर्दै आएका छन् ।

चुनावी सरकारको नेतृत्वको विषयमा पनि दलहरुका बीच सहमति भएको छैन । चुनावी सरकारको नेतृत्वलाई लिएर विपक्षी दल र एमाओवादी तथा मधेसी मोर्चाबीच आ–आफ्नै अडान छ । एमाओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनाव गराउन प्रस्ताव गरे पनि कांग्रेस र एमालेले त्यसको विरोध गर्दै आएका छन् । विपक्षी दलहरुले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा चुनावी सरकार बनाउन प्रस्ताव गरिसकेका छन् ।

बैठक पछि एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्वतन्त्र व्यक्तिको नेतृत्वले चुनाव गराउनु पर्ने बताए । उनले दलहरुको नेतृत्वमा सहमति हुने अवस्था नभए पछि स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन एमाओवादीले प्रस्ताव गरेको बताए । कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्वका विषयमा सहमति हुन नसकेको बताए । उनले भने, ‘राष्ट्रपतिसँगको छलफल पछि सबै विषय टुङगो लाग्छ ।’

एमालेका अध्यक्ष झलनाथ खनालले जेठ दोस्रो साता भित्र चुनाव गराउन अस्थायी सरकार बनाएर जानुपर्ने बताए । उनले सोही विषयमा केन्द्रित रहेर निकास खोजिने बताए । दुई महिना देखि राष्ट्रपतिले तोकिदिएको समयसीमा भित्र सहमतीय सरकारका लागि प्रधानमन्त्री उम्मेदवारमा दलहरुका बीच सहमति बन्न सकेको छैन । राष्ट्रपतिले दलहरुलाई सहमति बनाउन पटक पटक दवाव दिँदै आएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %