काठमाडौं, १ फागुन काठमाडौंको मनमैजुमा बर्डफ्लु फेला परे पछि सातहजार पाँच सय कुखुरा नष्ट गरिएका छन् । मनमैजु–९, नेपालटारस्थित सुबर्ण बस्नेतले संचालन गरेको पोल्ट्री फर्ममा बर्डफ्लु फेला परेको जानकारी पाउनासाथ विहान सवा ९ बजे पशु स्वास्थ्य सेवा निर्देशनालय त्रिपुरेश्वरबाट विशेष टोली खिटिएको थियो । सो क्षेत्रका आसपासका सबै कुखुरा फर्मलाई नियन्त्रणमा लिएर निर्देशनालयले बडफ्लुको चेकजाँच गरेको छ । डा.बोलाज आचार्य र प्रहरीसमेतको सहयोगमा कुखुरा फर्ममा रहेका ७ हजार ५ सय कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ । कुखुरा फर्ममा रहेको मल र भुससमेत खाल्डो खनी पुरिएको छ ।
काठमाडौंमा बर्डफ्लुको बिगबिगी, सातहजार पाँच सय कुखुरा नष्ट
Read Time:1 Minute, 1 Second
