दीपा आलेमगर

नेपालगन्ज माघ २८, नेपाल मगर विद्यार्थी संघ बांके राधापुर सैनिक इकाई समितिको अध्यक्ष पदमा लक्ष्मण थापामगर चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा सुधा थापामगर, सचिव संगीता थापामगर, सह सचिव थमन रानामगर र कोषाध्यक्षमा कुमार गाहामगर चयन भएका हुन् । १३ सदस्यीय उक्त कार्य समितिमा सुमन थापामगर, शोभा आलेमगर, अर्चना थापामगर, समिर थापामगर, विश्वास थापामगर, अजय रानामगर, शान्ति रानामगर र विना थापामगर कार्य समितिमा चयन भएका हुन् । नेपाल मगर विद्यार्थी संघ बांकेको आयोजनामा भएको उक्त कार्यक्रममा केन्द्रिय उपाध्यक्ष दीपा आलेमगर, केन्द्रिय सदस्य धर्म आलेमगर, विष्णु रानामगर, जिल्ला कोषाध्यष सुष्मा आलेमगर र रोनिका रानामगरले आ आफ्ना मन्तब्य राख्नु भएको थियो । जिल्ला अध्यक्ष विशाल रानामगरको अध्यक्षमा भएको उक्त कार्यक्रममा समिति गठन भएपछि चयन भएका विद्यार्थीलाई नेपाल मगर विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष दीपा आलेमगर, मगर संघका सल्लाहकारद्वय चेत बहादुर रानामगर र उदय रानामगरले अबिर लगाई शुभकामना तथा बधाई दिनु भएको थियो ।

