हेटौंडा,माघ २७ पुरानै नेतृत्वलाई निरन्तरतादिदै एकीकृत नेकपा माओवादीको हेटौडामा चलिरहेको महाधिवेशन सकिएको छ । महाधिवेसनले माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै, उपाध्यक्षहरुमा पनि डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई निरन्तरता दिएको छ । यस्तै सचिव पोष्टबहादुर बोगटीलाई महासचिवमा चुनिएको छ । तर सचिव भने केन्द्रिय समितिले छनौट गर्ने गरी महाधिवेसन सकिएको हो । महाधिवेशनले अमिक शेरचन संयोजक रहेको ६ सदस्यीय अनुशासन कमिटी गठन गरेको छ । बाँकी भने समानुपातिकमा पछि मनोनित गरिने पार्टीले जनाएको छ । केहीबेर अघि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्नु भएको हो । एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति कुल १ सय ५१ जनाको बनाउने सहमति भए अनुसार निर्वाचनको गरिएको हो । यही माघ २० गतेदेखि मकवापुरको हेटौंडाको हुप्रा चौरमा महाधिवेशनको उद्घाटन गरिएको थियो ।
एकीकृत माओवादीको महाधिवेशन सकियो, पुरानै नेतृत्व
Read Time:1 Minute, 27 Second
