विपक्षी दलहरुको विरोधसभा सम्पन्न, बर्तमान सरकार सहमतिको बाधक भएको टिप्पणी

Read Time:3 Minute, 58 Second

काठमाण्डौ,माघ २७ विपक्षी दलका नेताहरुले राजधानीको खुलामञ्चमा विरोधसभा गरेर एकीकृत माओवादी र मधेसी मोर्चाले सत्ता छोड्न नचाहेकै कारण दलहरुको बीचमा सहमति हुन नसकेको बताएका छन् । खुलामञ्चमा आयोजित विरोधसभालाई सम्बोधनगर्दै काङ्ग्रेस सभापति सुशील कोइरालाले एकीकृत माओवादी नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको दोहो¥याउँदै यो सरकार धेरै दिन नटिक्ने दावी गर्नुभयो । भट्टराई नेतृत्वको सरकारले संविधान उल्लङ्घन गरेको दावीगर्दै सभापति कोइरालाले राणा शासन, पञ्चायतकाल, राजतन्त्र गएको सम्झनागर्दै लोकतन्त्र विरुद्व एकीकृत माओवादी उभिन थालेकोले उसको हालत पनि त्यस्तै हुने बताउनुभयो । ठूलो परिश्रम गरेर माओवादीलाई लोकतन्त्रको मुलधारमा ल्याएको बताउँदै सभापति कोइरालाले आज उल्टै आफूहरुलाई उसले नै थर्काउन थालेको बताउनुभयो । सभालाई सम्बोधनगर्दै एमाले अध्यक्ष झलनाथ खनालले बाबुराम भट्टराई नेतृत्वको सरकारले तानशाह लाद्न खोजेको टिप्पणीगर्दै यो झुसे बारुलो बाहेक केही नभएकाले यसलाई समाप्त पार्न विपक्षी दलहरुलाई धेरै समय नलाग्ने दावी गर्नुभयो ।

आफूहरु अझै पनि सहमतिको पक्षमा रहेको उल्लेखगर्दै अध्यक्ष खनालले एकीकृत माओवादीले हेटौंडाबाट फर्किएर सबैलाई मान्य हुने सहमतिको आधार प्रस्तुत नगरे आन्दोलनको आँधीवेहरीबाटै सरकार ढाल्ने चेतावनी दिनुभयो । मुलुकमा जारी सङ्कट समाधानको लागि एकीकृत माओवादीनै बाधक बनेकोभन्दै खनालले सरकारको नेतृत्व गरेको डेढ वर्षमा माओवादीले भ्रष्टाचारको अर्थन्त्र निर्माण गरिरहेको आरोप लगाउनुभयो । महिला हिंसा बढे पनि त्यसलाई रोक्ने नसकेकोभन्दै खनालले भट्टराई नेतृत्वको सरकार आफ्ना अपराधहरु लुकाउन सिंहदरवारलाई प्रयोग गरिरहेको आरोप लगाउनुभयो ।

 सभामा काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले आजसमका कार्यक्रम एकीकृत माओवादीलाई जानकार िगराउने चरणमा रहेको र भोलिबाट बर्तमान सत्तालाई तहसनहस पार्नेगरी अर्को चरणको आन्दोलन सुरु हुने बताउनुभयो । माओवादीलाई अख्तियारमा पुग्ने डर रहेकोभन्दै त्यसैका कारण देशभर नै उसले भ्रष्टाचार गरिरहेको आरोप पौडेलले लगाउनुभयो । एमाले नेता केपी शर्मा ओलीले एकीकृत माओवादी सप्रिनु पर्ने वा धोका दिन खोजे त्यो बेइमानी नचल्ने बताउनुभयो । माओवादी सप्रिदैन भने बिनास बाहेक अर्को बिकल्प नभएको नेता ओलीको भनाइ थियो । सभालाई काङ्ग्रेस वरिष्ठ नेता शेरवहादुर देउवा, एमाले महासचिव इश्वर पोखरेल, काङ्ग्रेस कोषाध्यक्ष चित्रलेखा यादव, राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, सद्भावना आनन्ददेवीका महासचिव रामबाबु सिंह लगायतका दलका नेताहरुले पनि सम्बोधन गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %