प्रजातान्त्रीक प्यानलको घरदैलो

Read Time:3 Minute, 43 Second

माघ २५ गते

नेपालगञ्ज व्यापार संघको यही फागुन १२ गते हुने निर्वाचनमा आफनो पकट थप बलियो पार्न प्रजातान्त्रीक व्यवसायीहरुको समुहले विहिबारपनि मतदाताहरु सगको भेटघाटलाई तिब्र पारेको छ । आर्थिक सम्मुनति सहितको व्यवसायिक स्वतन्त्रता, संस्थागत विकास हाम्रो प्रतिबद्धता” भन्ने मूलका नाराका साथ चुनावी दौडमा रहेको शतिसकुमार अग्रवाल नेतृत्वको सो समुहले पहिलो र दोस्रो सिफ्टमा घरदैलो गरेको हो । विहिबार विहान गणेशमान चोकदेखि धम्वोजीसम्मका व्यापारीहरुसंग घरदैलो गरेको जनाएको छ । यस्तै दोस्रो सिफट्मा दिउ“सो त्रिभुवन चोक, सदरलाईन, त्रिवेणी मोडका व्यापारीहरुसं“ग भेटघाट गरिएको सो समुहले जानकारी दिएको छ । अनूभवि र युवा नेतृत्वको रुपमा अघि सारिएका अग्रवाल नेतृत्वको प्रजातान्त्रीक प्यानलले व्यवसायीक सुरक्षा र उनीहरुको हकहितको सुनिश्चितका लागि आफुहरु चुनावी दौडमा उभिएको अध्यक्षका प्रत्याशि शतिककुमार अग्रवालले जानकारी दिनुभयो । प्रजातान्त्रीक सो समुहले मतदाताका घरमै पुगेर आफनो पक्षलाई बलियो पार्ने अभियानलाई तिव्र पारेको जनाएको छ । सो समुहले उद्योग उपाध्यक्षमा श्यामकुमार शर्मा, बाणिज्यतर्फ तनविर जमाल हलवाईलाई चुनावी मैदानमा उतारेको छ । सन्तोषकुमार कनोडिया, गोपिचन्द्र बर्नवाल, शंकरकुमार थापा, पुरुषोत्तम शर्मा, हरिशचन्द्र श्रेष्ठ, बद्रिप्रसाद गुप्ता, विष्णु लामिछाने, ध्रुवप्रसाद दाहाल, जितेन्द्रकुमार गुप्ता, ऋषिकेशराज उपाध्याय, नारायण प्रसाई र अरविन्द कुमार शाहलाई सदस्यका लागि प्रतिस्पर्धामा उतारिएको चुनाव प्रचारप्रसार समितिका संयोजक राजु काफ्लेले जानकारी दिनुभयो । यसअघिको नेतृत्वमापनि प्रजातान्त्रीक प्यानलको बचश्र्व भएकाले यसपालीपनि त्यही लयलाई कायम राख्ने अग्रवाल प्यानलको दावी छ । उद्योग उपाध्यक्षमा भिडिरहेका श्यामकुमार शर्माले चुनावी प्रचारप्रसारका लागि अभियान तिव्र पारिएको भन्दै प्रजातान्त्रीक नेतृत्वले मात्र व्यवसायीक अधिकारी सुनिश्चित गर्ने बताउनुभयो । प्रजातान्त्रीक प्यानलबाट आउने भावी नेतृत्व अन्तराष्ट्रिय स्तरका उद्योगि व्यवसायी तथा दातृ निकायस“ग प्रत्यक्ष सवालजवाफ गर्ने योग्यता राख्छ अध्यक्षका प्रत्याशि अग्रवालले भन्नुभयो,“अहिलेको युगमा त्यस्तो क्वालीफिकेसन भएको व्यक्तीहरु नेतृत्वमा नआए, उद्योग व्यवसायको प्रबर्धन गर्न सकिन्न् । तर  त्यस्तो क्वालीफिकेसन हामीसंग छ ।”

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %