रौतहट,माघ २५ प्रहरीहरुले कार्यक्षेत्रमा रहँदा मादक पदार्थ खान रौतहट जिल्लामा प्रतिवन्ध लगाइएको छ । रौतहटका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारले प्रहरीहरुलाई मादक पदार्थ खान निषेध गर्नुभएको हो । रौतहटमा प्रमुख भएर आएका प्रहरी प्रमुखमध्ये पहिलो पटक घोषित रुपमा एसपी परियारले यस्तो योजना सार्वजनिक गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटमा आज आयोजित परिचयात्मक तथा जिल्ला कार्य योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपरीक्षक परियारले निर्देशन अवज्ञा गर्नेलाई प्रहरी नियमावली अनुसार कडा कारबाही गर्ने बताउनुभयो । डिउटी भएको बेला होस् वा नभएको बेला मादक पदार्थ सेवन गरेको जानकारी आउने बित्तिकै कारबाही हुने एसपी परियारको भनाई छ । कार्यक्रममा उपस्थित वक्ताहरुले सरुवा भएर जिल्लामा आउने प्रहरी अधिकृतहरु अपराध कार्यमा संलग्न रहने गरेको भन्दै आलोचना गरेका थिए ।
रौतहटमा प्रहरीलाई मदिरा प्रतिवन्ध
Read Time:1 Minute, 19 Second
