काठमाण्डौ, माघ २५, शिक्षक सेवा आयोगले शिक्षकका लागि खुलाएको आवेदन दिने समय एक हप्ता थप गरेको थियो । यसअघि एक महिनाका म्यादसहित भोलिसम्म आवेदन दिने समय भएकोमा एक हप्ता थपिएको आयोगले जनाएको छ । १७ वर्षपछि आयोगले खुला विज्ञापन गरेको र आवेदन दिनेहरुको भीड बढिरहेकाले सुविधा दिन भन्दै समय थपिएको आयोगले बताएको छ । फागुन ४ गतेदेखि भने दोब्बर दस्तुर बुझाएर एक हप्ता आवेदन दिन पाइने पनि आयोगले जनाएको छ । यसै बिच स्थायी शिक्षक नियुक्तिका लागि शिक्षा सेवा आयोगले आव्हान गरेको दरखास्तमा पाल्पामा करिव ११ हजार परिक्षार्थीले फारम भरेका छन् । जिल्ला शिक्षा कार्यालय पाल्पाले दिएको जानकारी अनुसार आज साझँ सम्ममा १० हजार ८ सय ७४ जनाले आवेदन भरेका छन् । फारम भर्नेमा प्रा वि तर्फको संख्या धेरै रहेको छ । जसमा प्रा वि तर्फ ५ हजार ३ सय १६ , निमावि तर्फ ४ हजार दुइ सय २८ र मा वि तर्फ १३ सय ३० जनाले फारम भरेका श्रोत व्यक्ति मिन प्रसाद ढकालले जानकारी दिनु भएको छ ।
शिक्षक सेवा आयोगको फाराम भर्ने समय एक हप्ता थप
Read Time:1 Minute, 31 Second
