धनकुट्टा, माघ २५, नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादीले प्रतिपक्षी दलहरुलाई झुक्काएको बताउनु भएको छ । धनकुटामा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा देउवाले माओवादीको आग्रहमानै कांग्रेसले प्रधानमन्त्रीका लागि पार्टी सभापति सुशील कोइरालाको नाम दिएको तर एकीकृत नेकपा माओवादीले कुरा फेरेर झुक्काएको आरोपल लगाउनुभयो । देउवाले सहमतिको बाधक एकीकृत नेकपा माओवादी भएको समेत दावी गर्नुभयो । पूर्व प्रधानमन्त्री देउवाले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड दैनिक नयाँ नयाँ प्रपञ्चमा लागिरहेकोले प्रचण्डको कुरामा अव विश्वास नहुने बताउनुभयो ।
विपक्षी दललाई माओवादीले झुक्कायो:देउवा
Read Time:1 Minute, 6 Second
