बैतडी,माघ २५ ,स्थानिय निकायको काम कारवाहीका बिषयमा अनुगमन निरिक्षण गर्न मन्त्रालय स्तरको एक टोली बैतडी आईपुगेको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सहसचिव बोधराज निरौलाको नेतृत्वमा टोली बैतडी पुगेको हो । टोलीले जिल्लामा सञ्चालित स्वास्थ्य, शिक्षा, कृषिलगायतका क्षेत्रमा भैरहेका काम कारवाहीका विषयमा सरोकारवाला निकायसँग साक्षात्कारसमेत गरेको छ । जिल्ला विकास समितिको सभाहलमा भएको साक्षात्कार कार्यक्रममा सरोकार वाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले आफूहरुले गरेको कामका बिषयमा जानकारी गराउनुका साथै काम गरिरहेको क्षेत्रमा भएका कठिनाईका बिषयमा गुनासो गरेका थिए । साक्षात्कारमा सहभागिहरुबाट उठेको प्रश्नको जवाफ दिदै सहसचिव निरौलाले जनताको कामहरु छिटो छरितो रुपमा गर्न सरकारी कार्यलयका प्रमुखहरुलाई निर्देशन दिनुभयो । गाविसमा जाने बजेट १-२ दिन भित्रै सम्बन्धित गाविसमा पठाउन स्थानिय विकास अधिकारीलाई निर्देशन दिनुभयो
स्थानिय निकायको निरीक्षण गर्न मन्त्रालयस्तरीय टोली बैतडीमा
Read Time:1 Minute, 34 Second
