पत्रकार हत्यामा संलग्नलाई जोगाउन राज्य लागेको गाउँलेको भनाइ

Read Time:1 Minute, 25 Second

संखुवासभा,माघ २४ नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउ“लेले राज्य पत्रकार हत्यामा संलग्नलाई कसरी जोगाउने भन्ने अभियानमा लागेको आरोप लगाउनुभएको छ । संखुवासभाको खा“दबारीमा आज विकास पत्रकारिता तालिमको उद्घाटन गर्नुहुँदै अध्यक्ष गाउ“लेले मुलुकका कार्यकारी प्रमुख, सरकार प्रमुख यस्तो अभियानमा लागेको बताउनु भयो । उहा“ले अहिलेको सरकार क्षमाको राजनीति मुलुकमा स्थापित गराउन लागिपरेको वताउनु भयो । वर्तमान सरकारले यस्तो मनभावना देशभरि फैलाएको उहा“को आरोप थियो । पत्रकार महासंघ पत्रकार हत्यारालाई कुनै पनि हालतमा छाड्ने पक्षमा नरहेको बताउनु हुदै उहा“ले पत्रकारहरु नै सुरक्षित नभए संघीय लोकतान्त्रीक गणतन्त्र मुलुकमा सुरक्षित नहु“ने ठोकुवा गर्नुभयो । काठमाण्डु–संखुवासभा पत्रकार एसोसियसन (एसकाज) ले आयोजना गरेको तालिम ५ दिनसम्म चल्नेछ । तालिममा संखुवासभा र भोजपुरका २६ जना संचारकर्मी सहभागी छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %