एकीकृत माओवादीको महाधिवेशनको बन्द सत्रमा समुहगत छलफल जारी

Read Time:2 Minute, 25 Second

हेटौंडा

माघ २३ , एकीकृत नेकपा माओवादी महाधिवेसनको बन्दसत्रमा समूहगत छलफल भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनबाहेक थप तीनवटा प्रस्तावमा छलफल भइरहेको हो । अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनका केही विषयमा असहमति जनाउँदै नेता राम कार्की, गोपाल किराती र लेखराज भट्टले फरक मत दर्ता गराउनु भएको छ । अध्यक्ष मण्डलले तीन वटै फरक मतलाई छलफलका लागि बन्दसत्र हलमा लैजाने अनुमति दिएको छ । ती असन्तुष्टीलगायत केही छुटेका विषयमा समेटेर अध्यक्ष प्रचण्डले फेरि २ पृष्ठको छुट्टै प्रस्ताव पनि पेश गर्नुभएको छ । बन्द सत्रमा नेता कार्कीले पार्टीले क्रान्तिको लाइन छाड्न लागेको भन्दै सशक्त जनआन्दोलनबाट तेस्रो धारको निर्माण गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । त्यस्तै लेखराज भट्टले संघियताका विषयमा सुदूरपश्चिमलाई अखण्ड राखेर छुट्टै राज्यको माग गर्दै प्रस्ताव राख्नुभएको छ । नेता किराँतीले पनि संघियताका विषयमा नै फरक मत राख्नुभएको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले तीन वटै मतका विषयमा छलफल हुने तर प्रचण्डको मूल प्रस्तावमा तीनै जनाको असहमति नरहेको दाबी गर्नुभयो । बन्द सत्रमा ६१ वटा समुह विभाजन गरिएको छ भने टोलीका संयोजकहरुको चयन गरिएको छ । आज र भोलि बिहानको पहिलो सत्रमा समुगत छलफल सकिएपछि टोली नेताले भोलि नै आफ्नो समुहको निष्कर्ष सुनाउने छन् । एउटै मत देखिएका एकजना र भिन्न मत देखिएका दुईजनाले निष्कर्ष सुनाउन पाउनेछन् । एकजनाले मात्रै बोल्नेलाई १० मिनेट र दुई जनाले बोल्ने भएमा फरक मतमा बोल्ने सहायक नेताले ५ मिनेट मिनेटमा आफ्नो कुरा राखेर सक्ने कार्यविधि तय गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %