पोखरा, माघ २३
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकिकृत नेकपा माओवादी ढँटुवा र प्रचण्ड ढाटको खेती गर्ने मान्छे भएको आरोप लगाउनु भएको छ । एकीकृत माओबादी नेतृत्वको सरकारको विरोधमा आज पोखराको विपीचोकमा विपक्षीदलले गरेको विरोध सभामा सम्बोधन गर्दे एमाले नेता नेपालले माओबादीले आफुलाई पनि राष्ट्रपतीको प्रस्ताव ल्याएर नबनाएको विगतको स्मरण गर्दे एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सवैलाई गुलीयो बाड्ने गरेको टिप्पणी गर्नुभयो । माओबादीलाई सुधार गर्ने र रुपान्तर गर्ने नभएर अब हटाउनुपर्नेमा उहाले जोडदिनुभयो । यस्तै नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले सडक बाटै छिनोफानो गर्ने स्थिती आए देशकै लागी घातक हुने चेतावनी दिनुभयो । जस्तो अवस्थामा पनि आफुहरु पछि नहट्ने उहाको भनाई छ । माओबादीले देशलाई भताभुङ बनाउन लागी परेको आरोप लगाउदै उहाँले अहिले देशमा संक्रमणकालिन अबस्था आउनुको कारणनै एकीकृत नेकपा माओबादी संविधान सभामा ठुलो दल बन्नु हो भनेर टिप्पणी गर्नुभयो । सभामा सम्बोधन गर्दे राप्रपाका अध्यक्ष पशुपति शमसेर राणाले माओबादी कामचलाउ सरकारको माध्यम बाट सत्ताकब्जा गर्न लागी परको आरोप समेत लगाउनु भएको छ । उहाले संविधान सभाको निर्बाचन भएर स्थीर सरकार नबन्ने बेला सम्म देशको अबस्था यस्तै रहने दाबी गर्नुभयो । सभामा सहभागी गराउन विपक्षी दलहरुले कास्की, स्याङजा ,तनुहं, लम्जुङ लगायतका जिल्लाबाट कार्यकर्ताहरु ल्याएका थिए भने कतिपय विद्यार्थीहरु विद्यालयकै पोसाकमा पनि सहभागी थिए ।
