दक्षिण एसियाली एकल महिलाहरुको सम्मेलन काठमाण्डुमा शुरु

Read Time:1 Minute, 9 Second

काठमाण्डौ,माघ २३ दक्षिण एसियाका एकल महिलाहरुको सम्मेलन आजदेखि काठमाण्डुमा शुरु भएको छ । एकल महिला समूहको आयोजनामा भएको सम्मेलनमा विभिन्न अरु १५ देशका प्रतिनिधिसहित नेपालका सबै जिल्लाबाट गरी दुईसय जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति परमानन्द झाले एकल महिलाहरुलाई हेर्ने सामाजिक दृष्टिकोणमा फरक ल्याउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । एसिया क्षेत्रका एकल महिलाको सामाजिक, आर्थिक र राजनितिक अवस्थाको बारेमा सम्मेलनमा छलफल हुनेछ । सम्मेलनले संसारभरिका एकल महिलाको न्याय र मानव अधिकार रक्षाका लागि एकजुट हुन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %