देब पचभैया
वालिङ् (स्याङ्जा) २१ माघ स्याङ्जाको वालिङ्गमा भएको महोत्सब सकिएको छ । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र वालिङ्मा माघ १२ देखि २१ सम्म संचालित चौथो वालिङ् महोत्सवमा तीन लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । “हाम्रो गौरब हाम्रो शान, वालिङ् महोत्सव हाम्रो पहिचान” भन्ने नारा सहित १० दिन संचालित महोत्सवमा छ करोड बराबरको आर्थिक कारोबार भएको आयोजकले जानकारी दिएको छ । पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृति, सूचना प्रबिधि तथा व्यापार मेलामा कास्की, पर्वत, पाल्पा, गुल्मीबाट महोत्सवको अवलोकन गर्न दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । विगतका तुलनामा यस वर्षको महोत्सवमा दर्शक सहभागिता र कारोबार उल्लेख्य रहेको बताइएको छ । “चौथो महोत्सवमा कृषिका स्टलमा कुल कारोबार रकमको १० प्रतिशत झण्डै ६० लाखको औजार र बिरुवा खरिदमा कारोबार भएको छ ।” महोत्सव आयोजक वालिङ् उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले भन्नुभयो “रेष्टुरेण्टमा मात्रै कुल कारोबारको २० प्रतिशत एक करोड २० लाख रुपैया“को कारोबार भएको छ ।” महोत्सवमा रेष्टुरेण्टका ४०, कृषिका २२, हस्तकलाका १५, सूचना प्रविधिका १० अटोमोबाइल्स १० फेन्सि सामाग्री करिब एक सय स्टल सहित दुई सय १८ स्टलहरु संचालनमा रहेका थिए । महोत्सवमा भारतबाट झिकाइएको बाल उद्यानमा गरिएको नाटकीय प्रस्तुतीको अधिकांश दर्शकले अवलोकन गरेका थिए । “दर्शकहरु भारतको राजस्थानबाट ल्याएको ऊ“ट हेर्न र चढ्न आकर्षित थिए ।” प्रचार प्रसार समितिका संयोजक टिकाराम तिवारीले भन्नुभयो “अघिल्ला दुई दिन एक सय ५० रुपैया“ कायम हु“दा दर्शकको सहभागिता न्यून भएपछि एक सय रुपैया“मा ऊ“ट चढ्ने व्यवस्था मिलाएपछि दर्शकको सहभागिता उल्लेख्य रहेको थियो ।” ७२ लाख ५० हजार रुपैया“ आम्दानी र ४५ लाख २० हजार रुपैया“ खर्च हुने अुनमान गरिएको महोत्सवमा पा“च करोडका आर्थिक कारोबार र तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको थियो । महोत्सवबाट हुने वचत रकम झण्डै २७ लाख रकम मध्ये १५ प्रतिशत व्यापारिक भलाई कोष, पा“च प्रतिशत रकम खेल मैदान निर्माण र अन्य रकमलाई संघको सचिवालय व्यवस्थापनमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
