बिराटनगर,माघ २१ अपहरणमा परेको भनिएका विराटनगरका उद्योगी गंगाविसन राठीको शव भारतको पश्चिम बंगालको दार्जिलिङस्थित रङपोङ भन्ने ठाउँमा फेला परेको छ । राठी २३ दिनअघि अपहरणमा पर्नु भएको थियो । पश्चिम बङ्गाल प्रहरीले घटनाको बारेमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ । भारतीय प्रहरीले उद्योगी राठीको अपहरण गरेको अभियोगमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्दा राठीको शव फेला परेको हो । व्यापारिक कामको लागि सिलिगुढी जानु भएका राठी उतैबाट अपहरणमा परेको बताइएको छ ।
विराटनगरका उद्योगी राठीको शव दार्जिलिङमा फेला
Read Time:52 Second
