सामुदायिक वन क्षेत्रको जमिन अतिक्रम

Read Time:3 Minute, 21 Second

गोविन्द घर्ति

रुपन्देही माघ २०, रुपन्देहीको देवदह स्थित शिवालय सामुदायिक वन क्षेत्रको जमिन अतिक्रम गरी प्लटीङ्ग गर्न लागेको खुलासा भएको छ । देवदह–५ निवासी चाम बहादुर गुरुङ्गको अगुवाईमा वन अतिक्रम गरी घर घडेरीको लागि प्लटीङ्ग गर्न लागेको शिवालय सामुदायिक वनले जनाएको छ । सामुदायिक वनले अतिक्रमित जमिन संरक्षणका लागि सवैसंग आग्रह गरेको छ । ईलाका वन कार्याल, रेञ्जपोष्ट, राजनैतिक दल, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले अतिक्रमित जमिनको संयुक्तरुपमा अवलोकन गरेका छन् । अवलोकन पश्चात बसेको बैठकले ईलाका वन कार्यालयले संरक्षणमा उपभोक्तालाई देखाउने र जिम्मेवारीबाट पन्छिन खोजेका कारण देवदह क्षेत्रमा समस्या आएको बैठकमा बोल्ने वक्ताहरुले बताएका थिए । बैठकमा सामुदायिक वनका प्रतिनिधिहरुले ईलाका वनले कार्ययोजना अनुसार काम गर्न नदिएको र सामान्य काम गर्न पनि ईलाका वनको स्वीकृत लिनु पर्ने भएकोले समस्या थपिदै गएको बताएका थिए । चाम बहादुर गुरुङ्गले आफु वाढीपिडित हुदा सरकारले यो क्षेत्र दिएकोले राजमार्ग देखि दाउन्ने सम्म आफनो भएको बताउदै आएको स्थानीय वासीको भनाई रहेको छ  ।  जग्गा प्लटीङ्गको काम गर्न शुरु गरेपछि रेञ्जपोष्ट कार्यालयका कर्मचारीहरुले अवका दिनमा यस्तो नगर्नु भन्दै छोडे पछि गुरुङ्ग गाउँ छोडेर अन्यत्र गएकोले कार्वाही गर्न अप्ठ्यारो परेको शितलनगर रेञ्जपोष्टका रेञ्जर रवीन्द्र चौधरीले बताउनु भयो । उहाले पुरानो कागज देखाउदै सोही कागजमा भए अनुसार जमिन पाउनु पर्ने गुरुङ्गको दावी रहेको बताउनु भयो । कागज अनुसार वन अतिक्रमण गर्न नमिल्ने समेत चौधरीले बताउनु भयो । करिव २० विगाहा क्षेत्र फलमा बाटो तथा घडेरीको लागि प्लटीङ्गको सिमाना छुट्याउदा समेत सम्वन्धीत निकायले थाहा नपाउनु लज्जास्पद भएको बैठकमा सहभागिहरुले आक्रोस पोखेका थिए । बैठकमा ईलाका वन कार्यालय शितलनगरका प्रमुख उपेन्द्र पटेल, रेञ्जपोष्टका रवीन्द्र चौधरी, शिवालय सामुदायिक वनका कार्यसमिति तथा उपभोक्ताहरु, छिमेकी सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, अन्य संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %