बिशेष प्रतिनिधि बनाएर पुर्ब लडाकुलाई महाधिबेशन लगिदै

Read Time:1 Minute, 45 Second

काठमाण्डौ,माघ १९

एकीकृत नेकपा माओवादीले पूर्व लडाकूलाइ विशेष प्रतिनिधि बनाएर महाधिवेशनमा लैजाने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निबास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालय र संगठन विभागको संयुक्त बैठकले अवकाश रोजेका लडाकूलाइ विशेष प्रतिनिधि बनाउने निर्णय गरेको हो । बैठकले हेटौडामा हुने सातौ महाधिवेशनमा पेश गरिने विधान पारित गरेको छ । त्यस्तै पर्सीबाट हेटौडामा सुरु हुने ७ औ राष्ट्रिय महाधिवेसनको ९५ प्रतिशत कार्य सम्पन्न भएको माओबादीले जनाएको छ । करिब ८ करोड खर्च लाग्ने अनुमान गरिएको महाधिवेसन सुरक्षाका लागि ११ सय जना प्रहरी परिचालन गरिनेछ । तयारी समितिहरुले जोडतोडले काम गरिरहेको भन्दै प्रवक्ता अग्नी सापकोटाले महाधिवेसन स्थल हेटौंडा औद्योगिक क्षेत्र सिंगार्ने काम भेइरहेको जानकारी दिनुभयो । झन्डै २१ वर्षपछि हुन लागेको महाधिबेसनलाई ऐतिहासिक बनाउन माओवादीले अहीले अन्तिम गृहकार्य भैइरहेको जनाएको छ । महाधिवेशनका लागि एकीकृत माओबादीका शिर्ष नेताहरु भोली हेटौडा प्रश्थान गर्ने कार्यक्रम तय भएको छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %