दैलेख माघ १९ दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियुक्तका विषयमा दैलेख जिल्ला अदालतमा आजबाट बहस सुरु भएको छ । आज सबैको बहस नसकिएपछि बहस पुनः भोलि पनि हुने भएको छ । आजको पक्षबाट अधिवक्ता कृष्ण बहादुर हमाल, सुरेन्द्र अधिकारी, ललित बहादुर मल्ल, वसन्त गौतम तथा जिल्ला सरकारी न्यायाधिवक्ता डम्बर बहादुर काफ्लेले बहस गरेका छन् भने विपक्षी तर्फबाट ल क्याम्पसका प्रो. डा. गोपाल सिवाकोटी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल तथा केदार गुरागाईले बहस गरेकोमा सिवाकोटीको आजको बहस नसकिएपछि भोलि पनि जारी रहने भएको हो । बहसका क्रममा पक्षका अधिवक्ताहरुले गैरन्यायिक हत्या भएकाले सर्वस्वसहितको कारबाहीको माग गरेका छन् भने विपक्षमा बोल्नेहरुले यो मुद्धा विस्तृत शान्ति सम्झौता विपरित रहेकाले अदालतको क्षेत्राधिकार भित्रै नपर्ने भन्दै अदालतले यस विषयमा आदेश जारी गर्न समेत नहुने बताएका छन् । अभियुक्तहरु ९ जनामध्ये ४ जना फरार छन् भने ५ जनालाई हिजो दैलेख जिल्ला अदालतमा सरकारी वकिलले बयान लिएका थिए ।
पत्रकारको हत्या गर्नेहरुको बहस सुरु
Read Time:1 Minute, 34 Second
