माघ १८ आँबुखैरेनी, तनहुँ तनहुँको बन्दिपुर–१, डुम्रेबजारमा रहेको लक्ष्मी अस्पतालमा गएराती एक सुत्केरी महिलाको ज्यान गएपछि प्रदर्शनमा उत्रिएका पीडित पक्ष र अस्पतालबीच सहमति भएको छ । सहमतिअनुसार पीडित पक्षलाई अस्पताल प्रशासनले ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । उपचारका क्रममा अस्पतालले २ पटक अप्रेशन गरेपछि पुर्कोट–५, बाईसजागरकी ३२ वर्षीया सुत्केरी निर्मला श्रेष्ठको ज्यान गएको हो । श्रेष्ठको ज्यान गएपछि आज दिउँसो पिडीत पक्षले उचित क्षतिपुर्ति र दोषीलाई कारबाहीको माग गर्दै अस्पताल परिसरमा नाराबाजी र डुम्रेमा सडक अवरुद्ध गरेका थिए । यसैबीच निर्मलाको मृत्यु भएपछि श्रीमान् भिमलाल श्रेष्ठ बेहोस भएको र अहिले त्यही अस्पतालमै नै उपचार भैरहेको छ । नवजात शिशुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
सुत्केरीको मृत्यु, पिडित पक्षलाई ५० लाख
Read Time:1 Minute, 16 Second
