काठमाडौं, १७ माघ माओवादीको धम्कीका कारण बिस्थापित भएर सुर्खेतमा बसीरहेका दैलेखका पत्रकारहरु जिल्ला फर्किएका छन् । क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले सुरक्षाको जिम्मेवारी लिने लिखित प्रतिबद्धता जनाए पछि बिस्थापित २२ पत्रकार दैलेख फकिएका हुन् । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नलाई कार्वाहीको माग गरी पत्रकारहरु आन्दोलित बनेका बेला माओवादी कार्यकर्ताले अरु पत्रकारहरुलाई पनि डेकेन्द्रको जस्तो हालत बनाईदिने धम्कि दिएपछि पत्रकारहरु असुरक्षीत भएको भन्दै जिल्ला छोडेका थिए ।
बिस्थापित पत्रकारहरु स्थापित भए
Read Time:54 Second
