माघ १६, सरकारविरुद्ध आन्दोलनमा उत्रिएका विपक्षी दलले आज काठमाण्डुमा विरोध सभा गर्दैछन्.। माघ १० गतेदेखि दैलेखबाट आन्दोलन सुरु गरेका दलहरुले आजबाट काठमाण्डू केन्द्रित आन्दोलन गर्न लागेका हुन् । आज सहिद दिवसको अवसर पारेर राजधानी केन्द्रित आन्दोलन आजबाट सुरु गर्न लागेको विपक्षी दलले बताएका छन् । आज दिउँसो भृकुटीमण्डपबाट निस्कने विरोध याली सहिदगेट पुगी विरोधसभामा परिणत हुनेछ । विपक्षी दलहरुले लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त सहिद र शसस्त्र द्धन्द्धमा माओवादीबाट मारिएकाहरुको फोटोसमेत प्रर्दशन गर्ने एमाले नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो । आज काठमाण्डुमा २६ गत गर्ने विरोध प्रदर्शनको तयारीको विरोधसभा भएकाले यसलाई आन्दोलनको सुरुवाताका रुपमा लिएको श्रेष्ठले बताउनुभयो । विरोधसभालाई काङ्ग्रेसका तर्फबाट महामन्त्री प्रकाशमान सिंह, एमालेका उपाध्यक्ष बामदेव गौतम र अरु दलका तर्फबाट पनि दोस्रो तहका नेताले सम्वोधन गर्ने कार्यक्रम तय गरिएकको छ ।
सरकार विरुद्ध विपक्षी दलले आज काठमाण्डुमा सभा गर्दै
Read Time:1 Minute, 34 Second
