बिपक्षीले १० बर्ष सत्ता पाउने छैनन् : प्रचण्ड

Read Time:4 Minute, 30 Second

माघ १६, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एमाले र कांग्रेसले अझ दश वर्ष सत्ता नपाउने दाबि गरेकाछन् । सडकमा चिच्चाएर सत्ता नपाईने बताउदै उनले १० वर्ष सत्ता मोहको सपना नदेख्न विपक्षिदलका नेताहरुलाई आग्रह गरे । राष्ट्रिय जनवादी शक्ति र दलाल पुंजिपति बिच सत्ताको घम्साघम्सी चलेको बताउदै प्रचण्डले अझ १० वर्ष सत्ताको सपना नदेख्न विपक्षिदललाई आग्रह गरे । १० वर्ष माओवादीले सत्ता चलाउने दाबि गर्दै प्रचण्डले उक्त समय सम्म कुनै सत्ता प्राप्तीका लागि आन्दोलन नगरी आफुहरुलाई सगाउन एमाले र कांग्रेसका नेतालाई आग्रह  । एकिकृत माओवादी नवलपरासीको जिल्ला अधिवेशनको उद्घाटन गर्न सोमबार सदरमुकाम परासी पुगेका अध्यक्ष प्रचण्डले दैलेखमा गएर विपक्षिहरुले माओवादीका नेता चढेका गाडीमा १०,१२ जना कार्यकर्तालाई ढुंगा हान्न नलागएर सत्ता नपाईने हुदा सत्ताका लागि निर्वाचनमा जान सक्नुपर्ने बताए ।

नयां निर्वाचनका लागि माओवादीले जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताउदै प्रचण्डले विपक्षिहरुले सहयोग गरे जेठ १५ भित्र निर्वाचन संभव रहेकाले सडक आन्दोलन छाडेर निर्वाचनमा आउन विपक्षिलाई आग्रह गरे । विपक्षिहरुमा संविधान, निर्वाचन र संघियताको आतंक रहेकाले उनिहरु निर्वाचनमा जान डराएको अध्यक्ष प्रचण्डको आरोप थियो । यसैबिच अधिवेशन उद्घाटन कार्यक्रमको समाचार संकलन गर्न गएका जिल्लाका पत्रकारहरुले प्रधामन्त्री बाबुराम भट्टराईको समाचार संकलन बहिष्कार गरेकाछन् । पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कारबाहीको माग गर्दे आएका पत्रकारहरुको आन्दोलन अन्र्तगत पत्रकारहरु प्रधानमन्त्री बोल्न मञ्चमा गएपछि  कार्यक्रम बहिष्कार गर्दै बाहिरिएका थिए । पत्रकारहरु वाहिर गएपछि समाचार संकलनका लागि आएका छिमेकी मूलुक भारत वाट आएका पत्रकारहरुले समेत नेपाली पत्रकारहरुको आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै उक्त कार्यक्रम वहिष्कार गरेका थिए ।

प्रधानमन्त्रीले कार्यक्रममा आफ्ना मन्तव्य राखेपछि पत्रकारहरु एकिकृत माओवादीका अध्यक्ष र अन्य नेताहरुले सम्बोधन गरेको समाचार संकलनका लागि पुन कार्यक्रम स्थलमा गएका थिए । दुई दिन सम्म चल्ने अधिवेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री आउने भएपछि विपक्षिदलहरुको अवरोध हुने संभावनालाई मध्यनजर गर्दै स्थानिय प्रशासनले बुद्धचोक देखि कार्यक्रम स्थल हुदै जिल्ला प्रशासन सम्म पैदल यात्रिको आवतजावतमा समेत रोक लगाईएको थियो ।

विपक्षिदलका कार्यकर्ताहरुले कालो झण्डा देखाउन सक्ने र सो क्रममा संभाव्य झडप हुने भन्दै स्थानिय प्रशासनले सो क्षेत्रमा रहेका पसल व्यवसाय प्रहरी लगाएर वन्द गराएको थियो ।पैदलयात्रीलाई समेत आगमनमा रोक लगाएको भन्दै अन्य राजनैतिक दल र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आलोचना गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले प्रधानमन्त्रीको सुरक्षा र संभाव्य झडपका लागि प्रधानमन्त्रीको कार्यक्रम अवधिभर पैदलयात्रीहरुको आगमनमा रोक लगाउदै पसल व्यवसाय वन्द गर्न लगाईएको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %