बुटवल,१६ माघ
बुटवल प्रहरीले विभिन्न घटनाका आरोपितहरुलाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न घटनामा पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । चोरी, मानव बेचबिखन तथा ओसारपसार, बोकसी, ठगी र जवर्जस्ती करणीको अभियोगमा ती अभियुक्तहरु पक्राउ परेका हुन् । प्रहरीले बालिका अपहरण गरी बन्धक बनाएको अभियोगमा तीनजनालाई पक्राउपछि सार्वजनिक गरेको छ । १४ वर्षे बालिकालाई प्रहरीले चारदिनपछि शनिबार उद्दार गरेको थियो । पक्राउ पर्नेमा बुटवल–११ बस्ने गोपाल अधिकार, उनकी श्रीमती पध्मा अधिकारी र छोरी वर्षा अधिकारी रहेका छन् । निजहरुले १४ वर्षिया तारा (नाम परिवर्तन) लाई ललाईफकाई बेचबिखन गर्ने उद्देश्यले देवदह–७ खैरेनीमा लगी घरमा राखेको अवस्थामा प्रहरीले शनिबार उद्दार गरेको थियो ।उद्दार गरिएकी बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ ।
त्यसैगरी प्रहरीले चोरीको अभियोगमा बुटवल–६ बस्ने गणेश केसी र पोदरा उपमहानगरपालिका–८ का रोहित शर्मालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनीहरुले बुटवल–९ दीपनगरकी सरस्वती पछाईको घरबाट ५ लाख २० हजार बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । मदिराको मजामा महिलालाई तल्लिन बनाइ ५ लाख भन्दा बढीको धनमाल चोरी गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारका अनुसार बुटवल दीपनगरकी ६५ वर्षिया सरस्वती पछाइलाई उनकै घरमा मदिरा सेवन गर्ने क्रममा नसालु पदार्थ सुगाई बेहोस गराएर धनमाल लुटिएको थियो । प्रहरीले चोरीको अभियोगमा बुटवल–६ बस्ने गणेश केसी र पोखरा उपमहानगरपालिका–८ का रोशन शर्मालाई पक्राउ गरी सार्वजनिक गरेको हो । यीनीहरुको नेटवर्क ठूलो हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शर्माले भारतको सुनौलीमा फ्ल्याट भाडामा लिएर कारोबार गर्ने गरेको र त्यहीबाट विभिन्न खाले गतिबिधि गर्ने गरेको प्हरीको भनाइ छ । यी महिलालाइ लुट्न पनि शर्माले चार पाच पटकसम्म फोनबाट कुरा गरेको र पछि घरमै आइ चोरी गरेको खुल्न आएको प्हरीको भनाइ छ । केसी र शर्माले विभिन्न नाटक गरी महिलाको घरमा गइ मदिरा खाने क्रममा बेहोस गराएको प्रहरीले जनाएको छ । उनको घरबाट एउटा सिक्रि, दुइटा औठी, २ वटा वाला, एक जोडी टप, ३० हजार नगद उनीहरुले लुटेको प्हरीले जनाएको छ । लुटेका सामान भारतमा लगि बेचेको खुल्न आएको प्रहरी निरिक्षक रामेश्वर कार्कीले बताए
त्यसैगरी बोक्सीको आरोपमा विभिन्न आठ अभियुक्तहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही मोतिपुर–३ की मिना कठरिया, सोही ठाउंकी बिन्देश्वरी कठरिया, शोभा कठरिया, लक्ष्मीकुमारी थारु, आशा थारु, अश्रानी कठरिया, जितबहादुर कुंवर र रोहित कठरिया रहेका छन् । उनीहरुले मोतिपुर–३ स्थित पत्थरगञ्जकी लक्ष्मी थारुलाई बोक्सीको आरोप लगाई कुटपिट गरेको प्रहरीको अभियोग छ । त्यस्तै प्रहरीले ठगी गरेको अभियोगमा पाल्पा देउराली–४ का ७६ वर्षिय रामबहादुर खडकालाई पक्राउ गरेको छ । उनले बुटवल बसपार्कमा गुल्मी पुर्कोट–४ बस्ने वसन्त कुंवरलाई सुनको जस्तो धातु देखाई ठगी गरेको प्रहरीले दाबी गरेको छ ।
त्यस्तै बुटवल बसपार्कमा १५ वर्षिया किशोरीलाई सामुहिक बलात्कार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारका अनुसार दाङ घर बताउने १५ वर्षिया अस्मिता (नाम परिवर्तन) लाई सामुहिक बलात्कार गर्ने तीन जनालाई पक्राउ गरी कारबाही प्क्रिया अगाडी बढाइएको हो । प्रहरीले सामूहिक जवर्जस्ती करणीको अभियोगमा बुटवल–९ का भिमबहादुर सुनार, रमेश थापा र स्याङ्जा वालिङ १ बस्ने हरि पाठकलाई पक्राउ गरेको छ । उनीहरुले एक महिनाअघि बुटवल बसपार्कमा रहेको लु १ ख ३६०८ नम्बरको बसभित्र १५ वर्षिया अस्मिता (नाम परिवर्तन) लाई जवर्जस्ती करणी गरेको प्रहरीको अभियोग छ । इलाका प्रहरी कार्यालय बुटवलले सोमवार पत्रकार सम्मेलन गरी विभिन्न अभियुक्तहरुलाई सार्वजनिक गर्ने क्रममा बलात्कारको अभियोग लागेका पाठकलाई पनि सार्बजनिक गरेको हो । प्रहरीले अन्य दुइ जना सुनार र थापालाई अदालतबाट म्याद थप गरी कारबाही अगाडी बढाइसकेको जनाएको छ ।
घटना विवरण अनुसार गत पुस ८ गते कामको खाजीमा बुटवल आएकी यी किशोरीलाई बसपार्क आएलगत्तै तीनजनाले पिछा गर्दै बसपार्कमा खडा गरिएको खाली बसमा लगि बलात्कार गरेका थिए । बलात्कारपछि भीमबहादुर सुनारले दाङ जाने बसमा चढाइदिन्छु भन्दै अस्पताल लाइन तर्फ ल्याउदै गरेको अवस्थामा राती नै प्रहरीले पक्राउ गरेको थियो । सुनार पक्राउ गरेको अर्को दिन थापा पक्राउ परेका थिए । घटनामा संलग्न रही फरार रहेका पाठकलाई प्रहरीले यही माघ ८ गते पक्राउ गरेको हो । बलात्कार गर्ने तीनैजनाले बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । किशोरीलाई बलात्कार गर्नेलाई ६ देखि १० वर्षसम्मको कैद सजाय हुने र यो सामुहिक बलात्कार भएकाले थप ५ वर्ष कैद सजाय हुने कानूनी ब्यवस्था रहेको कार्कीले बताए । बलात्कार पछि विरामी परेकी बालिकालाई उद्धारका लागि केआइ नेपाल सस्थाको जिम्मा लगाइएको छ । सो सस्थाका कर्मचारी ईश्वरी सापकोटाका अनुसार बलात्कारपछि किशोरीलाई विभिन्न खाले स्वस्थ्य समस्या देखिएको र हाल पनि उपचार जारी रहेको बताए । पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारले पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
यसैबीच प्रहरीले बुटवल अस्पताल चोकबाट माघ १२ गते करिव १४ ग्रामको सुनको सिक्री भुटिएको र हालसम्म सिक्री हराएको भनी कोही सम्पर्कमा नआएको जनाएको छ ।
