प्रतिपक्षीकार्यकर्ता र प्रहरी बिच झडप

Read Time:1 Minute, 15 Second

काठमाण्डौ, माघ १३

प्रधानमन्त्री बाबुराम भट्टराईलाई भक्तपुर प्रवेशमा रोक लगाउन बिहानैदेखि जुटेका प्रतिपक्षी दलका कार्यकर्ता र प्रहरीबिच भक्तपुरको सल्लाघारीमा झडप भएको छ । पार्टीको भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्न एकीकृत माओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराई अर्कै बाटोबाट सभास्थलमा पुगेपछि आक्रोशित बनेको भिड सभास्थल तर्फ बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपमा पाँच जना घाईते भएका छन् ।

पत्रकारको हत्यामा संलग्नलाई संरक्षण दिएर दण्डहिनता फैलाएको आरोपमा भक्तपुरमा क्रियाशिल बिपक्षी दलका कार्यकर्ताले प्रधानन्त्रीलाई जिल्ला प्रवेशमा रोक लगाउने बताएकमा थिए ।बिहानै देखि बिपक्षी दलका कार्यकर्ताहरुले अरनिको राजमार्गको सल्लाघारीमा बाटो अबरुद्ध गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %