बिधार्थी माथी राजनिति

Read Time:4 Minute, 26 Second

देब पचभैया

पाल्पा माघ १३ नेपाल बिद्यार्थी सघं पाल्पाको नयाँ नेतृत्व चयनमा ढिलाई भएको छ । माघ ५ र ६ गते भएको अधिवेशनमा  अहिले सम्म नयाँ नेतृत्वले पुर्णता पाउन सकेको छैन । नेविसंघका केन्द्रिय प्रतिनिधीले तोकेको सभापतिको उमेद्धारलाई जिल्लाले स्विकार गर्न नसक्दा नयाँ नेतृत्वले पुर्णता पाउनु नसकेको बुझीएको छ । अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय प्रतिनिधी जमुना ढकाल सहित नेविसघं अध्यक्ष रञ्जीत कर्ण र कांग्रेस विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशी पाल्पा आएका थिए । दुई दिनको पहलमा पनि सहमति हुन नसके पछि केन्द्रिय प्रतिनिधी ढकालले आफ्नो अधिकार प्रयोग गर्दै विदुर घिमिरेलाई समापतिको जिम्मेवारी दिएको पत्र माघ ६ गते थमाएर फर्किनु भएको थियो ।

नेविसघंको निर्देशिका अनुसार केन्द्रिय प्रतिनिधी नै सर्वाधिकार सम्मपन्न हुने प्रावधान रहेको छ । पाल्पा सहित मुलुकका १९ जिल्लामा यसरीनै नयाँ नेतृत्व निमार्ण भएको छ । पार्टी एक भएपनि संस्थापन पक्ष र प्रजातान्त्रीक पक्षले आ–आफ्नो पक्षलाई नेविसंघको अध्यक्ष बनाउन खोजेपछि सहमति हुन नसकोको श्रोतले जनाएको छ । पार्टी सभापति  बिर बहादुरा रानाले नेविसंघको अधिवेशन सम्पन्न गर्न आएको केन्द्रिय प्रतिनिधीले सरसल्लाह नै नगरी बन्दसत्रमा नै उठेर हिडेको बताउनु भयो । सहमति खोज्नका लागि पार्टी सचिव माधव नेपालको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ । समितिमा कृष्ण प्रसाद बस्याल र भुषणराज लवट सदस्य रहेका छन् । समितिले सहमतिका लागि पहल गरिरहेको जनाएको छ । समितिले आफ्नो तर्फबाट नयाँ कार्य समिति तयार गरेको जनाएपनि सो समितिले बैधानिकता नपाउने हो कि भन्ने डरले सार्वजनीक गर्न सकिरहेको छैन ।

केन्द्रिय प्रतिनिधीले तोकेको सभापति नभएको खण्डमा नेविसघंको केन्द्रिय कमिटीले जिल्लालाई आधीकारीकता नदिने सम्भावना रहेकोले समितिले नयाँ कार्यसमिति सार्वजनीक गर्न ढिलाई गरेको हो । घिमिरेलाई सभापतिको जिम्मेवारी दिएर छिटो अधिवेशन गर्न जिम्मेवारी दिएको पत्र नेपाली कांगे्रस पाल्पालाई बोर्धाथ दिए पनि यस विषयमा पार्टी नेतृत्वले अनविज्ञता प्रकट गरेको छ । नेतृत्वले सहमतिमा नयाँ नेतृत्तव चयन गर्ने पहल भइरहेको जनाएको छ ।

यस विषयमा जिज्ञासा राख्दा केन्द्रिय प्रतिनिधी जमुना ढकालले भन्नु भयो “विदुर घिमिरेलाई सभापति तोकिएको निर्णय नै आधीकारीक हो ।” बन्द सत्रमा चुनाव गराउने अवस्था नभएपछि संगठनलाई शुन्यतामा नराख्नका लागि आफुले घिमिरेलाई सभापति तोकेको उहाँको भनाई छ । यता केन्द्रिय प्रतिनिधीले सभापतिको पत्र थमाएका विदुर घिमिरेले भन्नु भयो म  जस्तै १९ जिल्लामा केन्द्रिय प्रतिनिधीले तोकेका व्यक्तिहरु सभापति छन् । यदि मलाई स्विकार नगर्ने हो । १९ जिल्लामा पनि स्विकार नगर्नु पर्यो । उहाँले आफ्नो अस्तित्वलाई स्विकार नगरि जाने कोसिस गरेमा आफुले नयाँ संगठन समेत निमार्ण गर्न सक्ने बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %