स्याङ्जा, माघ १३
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्र विरुद्ध लाग्नेहरु आफै पतन हुने दाबी गर्नुभएको छ । नेपाली काँग्रेस स्याङ्जाले आज वालिङमा गरेको कार्यकर्ता भेलामा कोइरालाले एकीकृत माओवादी शान्ति र लोकतान्त्रिक प्रक्रियालाई भाँड्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाउनुभयो । सभापति कोइरालाले आफूहरुले सुरु गरेको आन्दोलनले सरकारलाई घुँडा टेकाइ छाड्ने दावी पनि गर्नु भयो । प्रजातन्त्रवादीको नेतृत्वमा भएको आन्दोलनले ठूलाठूला शासकको पतन भएको चर्चा गर्दै उहाँले आफूहरुले सुरु गरेको आन्दोलनलाई सामान्य नठान्न पनि माओवादीलाई आग्रह गर्नुभयो ।
उता भोजपुर पगेका कांग्रेस नेता मिनेन्द्र रिजालले निरङ्कुसतावादी सोच भएकाहरुलाई आन्दोलनबाटै ठेगान लगाउने बताउनु भएको छ । आज भएको पत्रकार सम्मेलनमा रिजालले निरङ्कुसताबादी सोच भएको माओवादीलाई आन्दोलनले नै ठेगान लगाउने बताउनु भएको हो । उहाँले देशका जनतालाई विगतमा जस्तै आतङ्कीत बनाउन आक्रमण गर्न थालेको आरोप लगाउनु भयो ।
यस्तै कांगे्रसका केन्द्रिय सदस्य शेखर कोईरालाले सहमतीको सरकार निर्माण गर्नका लागी आन्दोलनको विकल्प नरहेको बताउनु भएको छ । कांग्रेस धनकुटाद्वारा आयोजित विरोध सभालाई आज धनकुटामा सम्बोधन गर्र्दैै कोईरालाले सहमतिय सरकार गठनकालागी आन्दोलन अपरिहार्य रहेको बताउनु भएको हो । वर्तमान सरकार राज्य सत्ता संचालन गर्न असफल भएको आरोप लगाउदै नेता कोईरालाले अव वर्तमान सकारलाई सत्ताबाटै हटाई छाड्ने दावी गर्नुभएको छ ।
यसैविच का“ग्रेसका सभापति कोइरालाले वर्तमान राजनैतिक अवस्थालाई निकास दिन राजनीतिक दलहरुबीच एकताको विकल्प नभएको बताए । उनले निकासको निमित्त आवश्यक पर्ने एकतालाई माओवादीले नचाएको आरोप लगाए । स्याङ्जामो वालिङ्मा आयोजित चौथो वालिङ् महोत्सवलाई सम्बोधन गर्दै सभापति कोईरालाले सहमतिको बाधक माओवादी सर्वसत्ताबादी शैली भएको बताए ।
